भुमीसुधार तथा मालपोत कार्यालय बाराका प्रमुख मालपोत अधिकृत राजेश गिरीको सरुवा भएको एघारौं दिनसम्ममा पनि कार्यालय छोडेका छैनन् ।
अधिकृत गिरीलाई भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरुवा गरेको हो । उनको सरुवा भएको पनि झण्डै दुई साता हुन लाग्यो ।
एघार दिन बित्दा पनि मालपोत अधिकृत गिरीले कार्यालय छोडेका छैनन् । मन्त्रालयले प्रमुख मालपोत अधिकृत गिरी लाई गत जेठ २८ गते अन्तिम साता मालपोत कार्यालय गाईघाट उदयपुरमा प्रमुख मालपोत अधिकृतको रुपमा सरुवा भएका थिए ।
सरुवाको पत्र आएपनि गिरी अटेर गरेर कार्यालय नछोड्नुमा उदयपुर भन्दा बढी राम्रो कमाई बारामा हुने भएकाले सरुवा भएको कार्यालयमा नगएको केही सेवाग्रहीहरुको आरोप छ ।
भूमिसुधार तथा मालपोत कार्यायलमा जग्गा किनबेच सम्बन्धि,जग्गा रोका,दृष्टिबन्धक,डाखा सम्बन्धी,एकल परिवारको मोही भागफाट,मालपोत मुद्दा सम्बन्धि,मोही सम्बन्धि फैसलाबाट राजश्व बाहेक दैनिक ३० देखि ४० हजार रुपैयाँ भन्दा बढीसम्म कमाई हुने एक स्रोतले बताएको छ ।
कार्यालयकै एक कर्मचारी नाम उल्लेख नगर्ने शर्तमा भन्छन् ‘हाकिम साहवले सरुवाको पत्र बुझिसकेको भएपनि विभागलाई समेत प्रलोभनमा पारेर कार्यालयमै बसिरहेको आरोप लगाए।’
यो विषयमा प्रमुख मालपोत अधिकृत गिरीसंग सम्पर्क गर्दा सरुवा भएको मिति देखि २१ दिनसम्म बरबुजारत गर्ने निजामति ऐनमा व्यवस्था हुन्छु,७ दिनको तयारी म्याद,२ दिनको बाटो म्याद हुन्छ तुरुन्त छोड्न नमिल्ने उनले बताए ।
कार्यालयमा आर्थिक वर्षमा विभिन्न पार्टीबाट काम र कारोबार गरेको हुनाले भुक्तानी गर्नु पर्ने बाँकि रहेका पार्टीको चेक तथा आर्थिक कारोबार बन्द हुन्छ भने पार्टीले भन्छ कि हाकिम साहेबले रकम भुक्तानी नगरी हिड्यो उनीहरु दुख मान्छन् उनले बताए ।
भुमिसुधारको मुद्धाहरुको फैसलाहरु हुन्छ,लेखेको हुदैन,रायहितमा त्यो फैसला लेखन समय लाग्छ,बिस्तृत रुपमा फैसलाहरुको प्रमाणित गरेर मात्र जानुपर्छ,चार्ज कसलाई बुझाएर जाने अधिकृतहरु तथा कार्यालय प्रमुख पनि नयाँ आउनु भएको छैन प्रमुख गिरीले साझेदारीलाई बताए ।
अधिकृतहरुले गर्ने काम कसले गर्ने,जनतालाइ सेवा पुगी रहेको छ,यदि अहिले म गएभने भने प्रमुखले गर्नु पर्ने सबै कामहरु ठप्प हुन्छ,सेवाग्रहीले दुख पाउने उनको भनाई छ ।
मेरो यस कार्यालयबाट कुनै पनि स्वार्थ नरहेको एक दुई वटा मुद्दाको फैसलाको प्रमाणीकरण गर्नु पर्ने भएकोले कार्यालय नछोडेको प्रमुख गिरीले स्पष्ट पारे ।
मुद्दाको नामसारी,डाखा,संसोधन तथा ट्रयाल चेक जस्ता सबै काममा कसले निर्णय गर्ने उनले प्रति प्रश्न गरे । मैले ३ महिना अगाडी नै मन्त्रालयबाट सरुवाको मांग गरेको समेत उनले बताए ।
मालपोत कार्यालय बारामा ४ जना अधिकृतहरुको दरबन्दी छ तर अहिले यस कार्यालयमा एउटा पनि अधिकृत नरहेको सुनाए ।
प्रमुख गिरी भूमिसुधार तथा मालपोत कार्यालय बारामा गत वर्ष जेष्ठ १० गते हाजिर भएका हुन ।

