बाराको कलैयामा विषादी सम्बन्धी तीनदिने तालिम सोमवारदेखी शुरु भएको छ ।
वाली संरक्षण प्रयोगशालाको सहकार्यमा कृषि ज्ञान केन्द्र कलैया बाराको आयोजनामा उक्त तालिममा ३५ जना जिल्लाभरका विषादी विक्रेता व्यवसायीहरुको सहभागित रहेको छ।
तलिममा बाली संरक्षण प्रयोगशाला सिराहाका वाली संरक्षण अधिकृत मोहन महतोले प्रशिक्षण दिनुभएको हो ।
वाली नाली तथा तरकारीहरुका बढ्दो रुपमा विषादीको प्रयोग भईरहेकोले विषादी प्रयोग घटाउने र जैविक विषादीको प्रयोग बढाउने मुख्य उदेश्यले आयोजित उक्त तालिम यसअघि पनि असार ७ देखी ९ गतेसम्म पहिलो चरणमा सम्पन्न भईसकेको कृषि ज्ञान केन्द्र बाराका समसुल हकले जानकारी गराउनुभयो ।

