कलैया ४ को सार्वजनिक सुनुवाई सम्पन्न

साझेदारी दैनिक
251 पाठक संख्या

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ ले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

उपमहानगरको आयोजना तथा नेपाल जनशक्ति सीप विकास तथा परामर्श केन्द्रको सहजिकरणमा सार्वजनिक सनुवाई सम्पन्न भएको हो ।

“सुशासन पारदर्शिता जवाफदेहिता,कलैया उपमहानगरपालिकाको प्रतिवद्धता” भन्ने नारा सहित आयोजित कार्यक्रमको अध्यक्षता सोहि वडाका अध्यक्ष रामेश्वर प्रसाद यादवले गरेका थिए ।

पानीको निकासी,खस्किंदो एसइइको नतिजा,फोहोरमय वातावरण, ज्येष्ठ नागरिकका लागि भवन,दैनिक व्ययाम स्थल,विद्यार्थी कम भएका विद्यालयको संख्या घटाउने,स्वास्थ्य संस्थामा हुने लापरवाही लगायतका विषयमा सहभागिहरुले जिज्ञासा राखेका थिए ।

सो कार्यक्रममा स्वागत नजबुल्लाह अंसारीले गरेका थिए ।

जिज्ञाशाहरुलाई सम्बोधन गर्दै पालिका प्रमुख विनोद प्रसाद साहले मानमत मटिअर्वा सडकलाई पूर्णता दिने कार्य अघी बढिसकेको बताउँदै उपरोक्त सबै विषयमा पछिल्लो समय काम भैरहेकोले यसका सकारात्मक परिणाम छिटै देखीने दावी गरे ।

विद्यालय मर्ज गर्ने प्रयासमा चौतर्फी दबावले समस्या परेको स्विकार्दै आफुले प्रयास नछाडेको उनको भनाइ छ ।

फोहोर व्यवस्थापन साँच्चिकै टाउको देखाइको विषय बनेको र यसका लागि पहल भैरहेको उनले बताए । चुनावका बेला बोलेका हरेक विषयलाई ध्यानमा राखेर काम गरिरहेको नगरप्रमुख साहले बताए ।

कार्यक्रममा पालिकाको काम गर्ने शैली,कर्मचारीको व्यवहार,विकास कार्यमा आम सहभागिताको अवस्था बारे जान्ने तथा कमि सुधार्ने उद्देश्यले नागरिक अभिमत संकलन समेत गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नाथु साह,कार्यपालिका सदस्यहरु,वडा नं. २,७, २३ का वडाअध्यक्ष,नागरिक समाज बाराका अध्यक्ष,ज्येष्ठ नागरिक मञ्चका सचिव लगाएतको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा स्वागत नजबुल्लाह अंसारीले गरेका थिए ।

Leave a review

This will close in 0 seconds