आत्महत्या न्युनिकरणका लागि आफ्नै घरबाटै सजगता अपनाउनुपर्ने– नगर प्रमुख साह

संदिप प्रसाद यादव
399 पाठक संख्या

समाजमा बढ्दै गईरहेको आत्महत्या न्युनिकरणका लागि आफ्नै घर–छिमेकबाट सजगता अपनाउनुपर्ने तथा जनचेतना जगाउनुपर्ने कलैया उपमहानगरपालिका का नगर प्रमुख विनोद प्रसाद साहले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको ’आत्महत्या न्युनिकरण तथा व्यवस्थापन कार्ययोजना २०८१’ को शुभारम्भ कार्यक्रमको प्रमुख आतिथ्यताबाट बोल्दै नगरप्रमुख साहले बिधालयस्तरबाटै यसका लागी समाधानात्मक कृयाकलाप गरिनुपर्ने बताएका हुन् ।

बाराको कलैयामा रहेको करण राज पार्टी प्यालेसको सभा हलमा जिल्ला प्रहरी कार्यालय बाराद्रारा आयोजना गरिएको आत्महत्या न्युनिकरण तथा व्यवस्थापन कार्ययोजना २०८१ को बिहीबार एक कार्यक्रम बीच शुभारम्भ भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका नगर प्रमुख साहले पानसमा बत्ती बाली उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।

आत्महत्याको तथ्याङ्कगत कुरा गर्ने हो भने बारामा त्रिवर्षीय आर्थिक वर्षमा मात्र ४२६ जनाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्ष २०७८÷७९ मा १४२ जनाले आत्महत्या गरेका छन्। उक्त वर्ष आत्महत्या गर्नेमा ४२ जना पुरुष,३५ जना महिला,९ जना बाल र २९ जना बालिका रहेका छन्।

गत आर्थिक वर्ष २०७९÷०८० मा १२० जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०८०÷०८१ मा १६४ जनाले आत्महत्या गरेका छन ।खतीन आर्थिक वर्षमा मात्रै ४२६ जनाले आत्महत्या गरेका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताएका छन् । जुन हरेक आर्थिक वर्षमा बढ्दै गएको तथ्यांकले देखाएको छ।

कार्यक्रममा प्रवक्ता प्रकाश सापकोटाले कार्यक्रम सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रादेशिक अस्पताल कलैयाका निमित्त सुपरिटेण्डेण्ड डा.अजय कुमार गुप्ताले आत्महत्याको प्रकृति,कारण र समाधानबारे मन्तव्य राखेका थिए।

कार्यक्रममा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले आत्महत्या हुने तीन फ्याक्टर शिक्षा,समाज र गोभर्नेन्स,गरिबी,बेरोजगारी रहेको उनले बताए ।

उनले तिनै तहका निकायले यस बिषयलाई गम्भिरताका साथ लिएर सचेतना जगाउनु पर्नेमा जोड दिएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खडकाले अहिलेको अवस्थामा आत्महत्या भय अवस्थामा देखिएको उनले बताए ।

विश्वभरी वर्षमा ७ लाख जनाले आत्महत्या गरि जीवन त्याग गरेका छन् भने नेपालमा साढे छ लाख जनाले आत्महत्या गरि रहेको उनले बताए । घरेलु हिंसा,मानसिक तनाव,आर्थिक अभाव, प्रेम सम्बन्ध बिग्रिनु लगायतका कारण वार्षिक सयौं मानिसहरू आत्महत्याको शिकार भएको समेत उनले बताए ।

बारामा तथ्यांकअनुसार आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेकोले त्यसको न्युनीकरण तर्फ सबै पालिका का प्रमुख,सुरक्षा निकाय तथा डाक्टर हरुले एक भएर सचेतना दिनुपर्नेमा जोड दिए।प्रहरी प्रमुख खड्काका अनुसार बिगत १० वर्षमा बारामा आत्महत्याको घटना बढ्दै गएकोले त्यसको रोकथामका लागि कार्ययोजना ल्याईएको बताए।

सो आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियानमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काको संयोजकत्वमा १५ सदस्यीय आत्महत्या रोकथामका लागी समिती समेत गठन गरिएको छ ।

सो समितिका सह संयोजक जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव रहेका छन भने सह सचीवमा प्रहरी निरीक्षक रादेश कुमार खतरा रहेका छन् ।

त्यसैगरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. पुनिता केसरी,जिल्ला शिक्षा समन्वय इकाइका अधिकृत बृज किशोर प्रसाद,कलैया उप–महानगरपालिकाका अधिकृत अनिल कुमार पाण्डे,नेपाल रेडक्रसका प्रतिनिधि राजेन्द्र खड्का,नेपाल स्काउटका प्रतिनिधि भरत साह,उधोग वाणिज्य संघ बाराका अध्यक्ष राज कुमार साह,होटेल व्यवसयी संघका प्रतिनिधि शिव शंकर साह,पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी,गैर सरकारी संस्था अध्यक्ष बबिता जैसवाल,शान्त युवा क्लबका मुन्ना मण्डल र लागु औषध दुर्व्यसनी पुर्नस्थापना केन्द्रका संचालक अजित कुमार साह सदस्यमा रहेको प्रहरी उपरीक्षक खड्काले बताएका छन् ।

सो अभियान समितिका सल्लाहकारमा जिल्ला प्रशासन कार्यालय बारामा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे रहेका छन् ।

उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका का उप प्रमुख रौशन प्रविन,प्रमुख प्रशासकीय अधिकृत नाथु साह,सशस्त्र प्रहरी बल बाराका प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंह,गोपाल सेवा समितीका अध्यक्ष जंग बहादुर यादव,नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादव,वार्डअध्यक्ष,सञ्चारकर्मी तथा सरोकारवालाहरु लगायतको उपस्तिथि रहेको थियो ।

Leave a review