कलैया : नेपालमा कानुनद्वारा नै गाँजालाई प्रतिबन्ध लगाईएको छ । सरकारले गाँजालाई लागुऔषधको रुपमा परिभाषित गर्दै उत्पादन गर्न र ओसारपसार गर्न बन्देज लगाएको हो ।
सरकारले बन्देज लगाएपनि गाँजाको तस्करी र ओसारपसार भने रोकिएको छैन । दैनिकजसो गाँजा बरामद हुने र मानिसहरु पनि पक्राउ पर्ने गरेका छन ।
पछिल्लो समय बारा,पर्सा जिल्ला गाँजा तस्करीको हब नै बनेको छ । यी जिल्लाहरुमा दैनिकजसो गाँजा र मानिसहरु नियन्त्रणमा आउने गरेका छन । तेतिमात्र होईन बेला बेलामा प्रहरी प्रशासनले बारा,पर्सा,मकवानपुर लगायतका जिल्लाहरुमा गाँजाखेती फडानी गर्ने गरेको पनि सुन्न पाईन्छ ।
तर पनि गाँजा उत्पादनमा कमी नआएको प्रमाण दैनिक बरामद हुने घटनाले देखाउछ । गाँजा उत्पादनमै नियन्त्रण गर्न प्रहरी प्रशासनलाई चुनौती नै बनेको देखिन्छ । तैपनि प्रहरीले बेला बेलामा प्रहरीले ठुलो ठुलो परिमाणमा गाँजा बरामद गर्ने पाईन्छ।
यसैगरी बारा प्रहरीले १ सय ७० किलो लागूऔषध गाँजासहित दुई जना मानिसलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा पत्रकार सम्मेलन गरेर उक्त परिमाणको गाँजासहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो ।
ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर ५ सोनाभार स्थित दिनदयाल चौधरीको घरमा लागू गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त गाँजासहित दुई जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले पत्रकार सम्मेलनमा जानकारी गराए ।
पक्राउ पर्नेमा जिल्लाको कोल्हवी नगरपालिका –५ सोनाभार टोल बस्ने अन्दाजी ५० वर्षीय रमोद चौधरी र सोही ठाउँमा बस्ने दिनदयाल चौधरीको श्रीमति अन्दाजी ५२ वर्षकी मनमती देवी चौधरी रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
चौधरीको घरमा खानतलासी गर्दा रातो रंगको प्लाष्टिकले बेरी राखेको २१ पोका – १ सय ७० किलो लागूऔषध गाँजा प्रहरीले बरामद गरिएको खड्काले बताए ।
नियन्त्रणमा लिएका दुबै जनालाई जिल्ला अदालत बाराबाट लागू औषध सम्बन्धि मुद्दा दर्ता गरि १५ दिनको म्याद गरि थप अनुसन्धान कार्य भैइरहेको प्रहरी उपरीक्षक खड्काले बताए

