कार्य सम्पादनमा गौर पहिलो,गरुडा दोस्रो,७ स्थानीय तह ५० प्रतिशत पनि अंक ल्याउन सकेन

साझेदारी दैनिक
504 पाठक संख्या

रौतहट । ओम प्रकाश यादव/

कार्य सम्पादन मूल्यांकनमा रौतहटको ७ वटा स्थानीय तहको कार्य सन्तोषजनक नरहेको पाइएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्य सम्पादनमा जिल्लामा रहेको १८ वटा स्थानीय तहमध्ये ११ वटाको कार्य सम्पादन सन्तोषजनक रहेको छ भने ७ वटा स्थानीय तहको कार्य सम्पादन निराशाजनक अर्थात सन्तोषजनक नरहेको देखिएको छ ।

कार्य सम्पादनमा जिल्लाको ११ वटा पालिका ५० प्रतिशत भन्दा बढी अंक ल्याएका छन भने ७ वटा पालिका ५० प्रतिशत पनि अंक ल्याउन सकेका छैनन् ।

५० प्रतिशत भन्दा बढी अंक ल्याउने पालिकाहरुमा गौर नगरपालिका,गरुडा नगरपालिका,राजपुर नगरपालिका,चन्द्रपुर नगरपालिका,राजदेवि नगरपालिका,परोहा नगरपालिका,दुर्गा भगवती गाउँपालिका,माधवनारायण नगरपालिका,इशनाथ नगरपालिका,देवाही गोनाही नगरपालिका र कटहरिया नगरपालिका रहेको छ ।

बाकी ५० प्रतिशत भन्दा कम अंक ल्याउने पालिकाहरुमा फतुवा विजयपुर नगरपालिका,बृन्दावन नगरपालिका,बौधिमाइ नगरपालिका,मौलापुर नगरपालिका,गुजरा नगरपालिका,गढिमाइ नगरपालिका र यमुनामाइ गाउँपालिका रहेका छन ।

५० भन्दा पनि कम अंक ल्याएका कारण यी पालिकाहरुको कार्य सम्पादन सन्तोषजनक नरहेको देखिएको छ । कार्य सम्पादन मुल्यांकनमा जिल्लाको गौर नगरपालिका सबभन्दा बढी ८० प्रतिशत अंक ल्याई जिल्लामा उत्कृष्ट भएको छ।

गौर नगरपालिका कार्य सम्पादनमा पहिलो स्थान हाशिल गरेको छ भने गरुडा नगरपालिका दोस्रो स्थान हाशिल गरेको हो ।

नेपाल सरकारबाट आर्थिक बर्ष २०८०/०८१ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको सिफारिसमा उपलब्ध गराइने बित्तीय समानीकरण अनुदान अन्तर्गत कार्य सम्पादन मुल्यांकनमा गरुडा नगरपालिका ७१/७५ अंक ल्याइ दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ भने राजपुर नगरपालिका ७१ अंक ल्याएर तेस्रो स्थान हाशिल गरेको छ ।

त्यस्तै चन्द्रपुर नगरपालिका ६७/७५ प्रतिशत अंक ल्याएर चौथो स्थान हाशिल गरेको छ भने राजदेवि नगरपालिका ६४ प्रतिशत अंक ल्याएर पाचौं स्थान प्राप्त गरेको छ ।

परोहा नगरपालिका ६२/७५ प्रतिशत अंक ल्याएर छैटौं स्थान हाशिल गरेको छ भने दुर्गा भगवती गाउँपालिका ६१/२५ प्रतिशत अंक ल्याएर सातौं,माधवनारायण नगरपालिका ६० प्रतिशत अंक ल्याएर आठौं स्थान हाशिल गरेको छ ।

इशनाथ नगरपालिका ५५।७५ प्रतिशत अंक ल्याएर ९ औं,देवाही गोनाही नगरपालिका ५४/२५ प्रतिशत अंक ल्याएर १० औं र कटहरिया नगरपालिका ५३।७५ प्रतिशत अंक ल्याएर एघारौं स्थान प्राप्त गरेको छ । बाकी ७ वटा पालिका ५० प्रतिशत पनि अंक ल्याउन सकेका छैनन् ।

Leave a review