बर्षाबाट हुन सक्ने मानवीय क्षतिलाई न्युनीकरण गर्न पर्साको वीरगञ्जमा संयुक्त उद्धार अभ्यास कार्यक्रम

राम मण्डल
310 पाठक संख्या

वीरगञ्ज,१४ भदौ । मनसुनजन्य वर्षाका कारण हुन सक्ने मानवीय क्षतिलाई न्युनीकरण गर्ने उदेश्यले पर्साको वीरगञ्जमा विहीबार जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ ।

बर्षा र बाढीबाट हुन सक्ने विभिन्न डुवानबाट हुन मानवीय क्षतिलाई न्युनीकरण गर्ने उक्त उद्धार अभ्यास कार्यक्रम गरीएको हो ।

कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साको संयोजकत्वमा भएको हो । वीरगञ्ज महानगरपालिका–१० स्थित घडीअर्वा पोखरीमा आयोजित उक्त उद्धार अभ्यास कार्यमा नेपाल प्रहरी,नेपाली सेना,नेपाल रेडक्रस सोसाइटी लगायत निकायको सहभागिता रहेको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको प्रमुख आतिथ्यतमा भएको उक्त कार्यक्रममा बोल्दै प्रजिअ भुसालले पर्सामा जिल्लामा बाढी,डुबान,नदी कटान र आगलागीको घटनाले उच्च जोखिममा रहेको पर्सामा यो अभ्यास कार्यक्रमले मानवीय क्षतिमा न्युनीकारण ल्याउने बताएका छन । जलउत्पन्नबाट विपद्को जोखिममा पर्ने भएकाले विपद्को समयमा प्रभावकारी उद्धार कार्य गर्न यसरी पूर्वअभ्यास गर्न जरुरी रहेको बताईन ।

कार्यक्रममा अभ्यास गर्ने क्रममा नदीमा फसेका सर्वसाधारणलाई कसरी उद्धार गर्ने,नदीको बीच भागमा रहेका पीडितलाई सुरक्षित स्थानतर्फ लैजान सुरक्षा फौजले ‘अन्डरवाटर रिभर क्रसिङ’ विधिबाट उद्धार बारे अभ्यास गरिएको थियो ।

त्यसैगरी, पानीको बहाव धेरै भएको अवस्थामा अग्लो स्थानमा वारि–पारि डोरी टाँगेर हार्नेस,चेस्ट हार्नेस र क्याराबिनाको सहायतामा पीडितलाई सुरक्षित स्थानमा लैजाने अभ्यास गरिएको थियो। यसैगरी,अन्डरवाटर र अप्परवाटर दुवै विधिबाट क्रस गराउन नसकिने बालक तथा वृद्धवृद्धालाई रबर बोटको सहायताले उद्धार गरिएको तथा अभ्यासका क्रममा बोट ड्रिल प्रदर्शनी समेत गरिएको थियो।

बर्षेनी पर्सा जिल्लाको ओरिया,सिर्सिया,गङ्गोल,नौरङ्गिया,तिलावे,सिक्टा नदीका साथै ठुटेखोला,ओडारखोला र सिकारीबास लगायतका खोलाले पश्चिम क्षेत्र डुबान,बाढी तथा कटानबाट धनजनको क्षति पुर्याउने गरेका छ ।

Leave a review