कोल्हवीमा पिकअप गाड़ीको ठक्करबाट एक जनाको मृत्यु

साझेदारी दैनिक
325 पाठक संख्या

कोल्हवी,१६ भदौ । धिरेन्द्र पनुहर/ बाराको कोल्हवीमा पिकअप गाड़ीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

तामागढ़ी – सिमरौंनगढ़ सड़कखण्ड अन्तर्गत कोल्हवी – ११ खगड़े पुल नजिक प्रदेश २-०३ –०१ च ४९२० नम्बरको पिकअप गाड़ीले साइकलमा सवारलाई ठक्कर दिदा एक जनाको घटनास्थल मै मृत्यु भएको हो ।

मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका वाड नम्बर ८ सोनारानिया निवासी ५५ बर्षीय अधिकारी यादव रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोल्हवीबाट गएको प्रहरी टोलीले ठक्कर दिने पिकअप गाड़ी र चालकलाइ नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बारामा पठाएको प्रहरीले जनाएको छ ।

मृतक यादवको शवलाई पोस्ट मार्टमको लागी प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

Leave a review