डिभिजनल बन अधिकृत सिंहको बिदाई र झाको स्वागत

रञ्जन यादव
570 पाठक संख्या

डिभिजन वन कार्यालय बाराबाट डिभिजन बन अधिकृत बिनोद सिँहको बिदाई भएको छ भने उहाँको ठाउँमा मधेश प्रदेश वन तथा बाताबरण मन्त्रालयबाट वन अधिकृत राजिव झाको आगमन भएको छ ।

डिभिजन बन अधिकृत सिँह र झा को आईतबार एक कार्यक्रमवीच कार्यालयमा भब्य रुपमा बिदाई तथा स्वागत गरिएको छ । मधेश प्रदेश वन तथा बाताबरण मन्त्रालयले बिनोद सिंहलाई धनुषा सरुवा गरेको छ ।

भने डिभिजन वन कार्यालयमा आएका वन अधिकृत झा र सरुवा भएर जान लागेको वन अधिकृत सिंहलाई एक कार्यक्रमको आयोजना गरेर स्वागत तथा बिदाई गरिएको हो ।

डिभिजन वन कार्यालय अन्तर्गत रहेका साझेदारी वन,वन उपभोक्ता समिती सव डिभिजन वन कार्यालयको कर्मचारी र पदाधिकारीहरुले नयाँ आएका वन अधिकृतको स्वागत तथा सरुवा भएर जान लागेको वन अधिकृतको बिदाई गरेका हुन् ।

डिभिजन वन कार्यालयमा २ बर्ष कार्यभार सम्हालेका वन अधिकृत सिंहको धनुषा सरुवा गरिएको छ ।डिभिजन वन कार्यालय बारामा कार्यरत रहे सम्म वन अधिकृत सिंहले डिभिजन वन कार्यालय बाराको अतिक्रमीत जग्गाहरु वन मातहत ल्याउन सफल भएका थिए ।

कार्यक्रमकाबिच साँतौँ तहमा बढुवा भएर मन्त्रालय जान लाग्नुभएका अधिकृत निरज साहको समेत बिदाई गरिएको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय बाराका कर्मचारीहरु लगायत साझेदारी वन समितिहरुको प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

Leave a review