कलैया : बाराको सदरमुकाम कलैयाको मुख्य बजारमा एकै रात आधा दर्जन पसलमा चोरी भएको छ ।
चोर समूहले बुधबार राति चोरी गरेको हो। कलैया उपमहानगरपालिका १ अवस्थित यो बजारमा प्रायः चोरी तथा चोरीको प्रयास हुने गरेको हो।
रिया रेडिमेड पसलमा चोरी भएको हो । पसलका सञ्चालक कलैया वडा नम्बर २७ का सुनिल कुशवाहाले आफ्नो पसलको सटर तोडि चोर समूहले चोरी गरेको बताए ।
यस्तै नेहा शु सेन्टरबाट चोरले एक जोर जुत्ता र एक जोर चप्पल चोरेको बताइएको छ। नन्दलाल पान पसलमा २५ हजार बराबरको सामाग्री चोरी भएको हो ।
मंगलबार राति समेत सो पसलमा चोरी भएको सञ्चालक बताउँछन् । विजय जेनरल स्टोर्समा मंगलबार र बुधबार राति चोरी भएको स्टोर्सका सञ्चालक विजय बचताउँछन् ।
उनको पसलमा तीन महिना यता पाँच पटक चोरी भइसकेको छ। सबै गरेर एक लाख भन्दा बढीको सामाग्री चोरी भएको उनले अनुमान गरे। ज्योति जेनरल स्टोर्स बाट भोला,रजनीगन्धा लगायतको करिब १५ हजार रुपैयाँ बराबरको सामाग्री चोरी भएको छ ।
चोर समूहले चिया पसललाई समेत छोडेन् । रामचन्द्र साहको चिया पसलको ताला फुटाई गल्लामा रहेको करिब ४० रुपैयाँ चोरले लगेको पसलका सञ्चालक रामचन्द्र साहले साझेदारी दैनिकलाई बताए ।
यस अघि भएको चोरीमा ग्याँस सिलिण्डर चोरेर लगेको उनले सुनाए । विगत केही समय देखि कलैया बजारमै यसरी चोरी भइरहेकोले शान्ति सुरक्षामा गम्भीर प्रश्न उठेको छ ।
नगर प्रहरीलाई बजारमा रात्रिकालीन डयुटी दिनुपर्ने एक किराना पसले बताउँछन् । यसले बजारमा चोरीको घटनालाई न्यून गर्ने उनको तर्क छ ।

