अत्याधिक गर्मीले रौतहटमा विद्यार्थी बेहोस

साझेदारी दैनिक
423 पाठक संख्या

रौतहट: ओम प्रकाश यादव/ अत्याधिक गर्मीका कारण रौतहटको एक विद्यालयका विद्यार्थीहरू बेहोस भएका छन्।

जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर १ पथरामा रहेको माद्यामिक विद्यालयमा पढ्ने तिन जना विद्यार्थी गर्मीले बेहोस भएका छन ।

आज बिहानैदेखि चर्को घाम लागिरहेको छ । चर्को घामका कारण अत्याधिक गर्मी भइ बेहोस भएका तिनै जना विद्यार्थीको उपचार प्रादेशिक अस्पताल गौरमा भइरहेको छ ।

आज बिहान १० बजे विद्यालयमा पढ्न आएका तिनै जना विद्यार्थी गर्मिका कारण दिउँसो १२ बजेको समयमा एक्कासी बेहोश भएका थिए ।

उनीहरुको अवस्था सामान्य रहको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।

असोज महिनामा समेत अत्याधिक गर्मी हुँदा रौतहटको जनजीवन प्रभावित बनेको छ ।

बिहान देखि बेलुकासम्म लाग्ने गरेको चर्को घामका कारण घर बाहिर निसक्न समस्या हुने गरेको गरुडाका किशोरी साहले बताए ।

गर्मीका कारण सबबन्दा बढी बृद्धबृद्धा र बालबालिका प्रभावित भएका छन ।

गर्मीका कारण अझै विद्यार्थी बेहोस हुने अवस्था रहेकोले केही दिनका लागि निजि र सामुदायिक विद्यालयहरुमा गर्मी बिदा गरिदिन अभिभावकहरुले विद्यालय प्रशासनलाई आग्रह गरेका छन्।

Leave a review