कलैया : नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार फरमुल्लाहा अन्सारीले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन । उनले प्रचारप्रसारका क्रममा उम्मेदवार मन्सुर जीतपुरसिमरा उपमहानगर वडा नम्बर १६ को बदफर पिलुवा,पैनी टोलमा घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न गरेका छन्।
प्रचार–प्रसार केन्द्रको उद्घाटनसँगै सुरु गरिएको कार्यक्रममा उनले वडावासीसँग प्रत्यक्ष संवाद गरेका थिए। घरदैलोका क्रममा स्थानीय मतदाताले उम्मेदवार मन्सुरलाई आत्मीय स्वागत तथा आशीर्वाद प्रदान गरेका थिए। उनले युवाको साथ र समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, उद्यमशीलताको प्रवद्र्धन, पूर्वाधार विकास तथा स्वास्थ्य सेवाको सुदृढीकरणलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेको उम्मेदवार मन्सुरले नेपाली काँग्रेस समान सहभागिता, समावेशी विकास र युवालाइ अवसरको सुनिश्चितता आफ्नो मूल एजेन्डा रहेको बताउँदै आगामी फागुन २१ के निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न सवैसँग आग्रह गर्नुभएको थियो ।
उक्त घरदैलो कार्यक्रममा नेपाल मुस्लीम संघका केन्द्रीय महासचिव प्रवेज आलम, युवा नेतृ मेघा शाही, समानुपातिक उम्मेदवार प्रियंका दास, राजेश भण्डारी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गणेश रिजाल लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेका थियो ।

