बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण

साझेदारी दैनिक
289 पाठक संख्या

रौतहट,करण कुमार मिश्र/ बाढी प्रभावित परिवारलाई रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाशले मंगलबार राहत सामग्री वितरण गरेका छन्।

शुक्रबार र शनिबार परेको अविरल वर्षाले रौतहटको पश्चिममा पर्ने लालबकैया नदीमा आएको बाढीले कटहरिया नगरपालिका क्षेत्र प्रभावित भएको हो। बाढीबाट क्षति बेहोरेका परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

नगर प्रमुख अजय प्रकाशले नगरपालिकाको वडा नं.२ जमुनिया,छेदीचोक टोलका बाढी प्रभावित घरपरिवारका ६१ जना लाई राहत दिएका हुन्। उनले राहत स्वरुप एक बोरा चामल,दाल, त्रिपाल लगायत सामग्री वितरण गरेका छन् ।

धान बाली भित्राउने समयमा बढी आएर किसानको बाली नै सखाप पारेको छ। बिचल्लीमा परेका पीडित किसानलाई उचित क्षतिपुर्ती सम्बन्धित निकाय लाई ध्यानाकर्षण गराएर उपलब्ध गराउने नगर प्रमुख अजय प्रकाशले जनाए ।

बढीले रौतहटको सदरमुकाम गौरसहित ११ वटा पालिका प्रभावित भएको छ। हालसम्म रौतहटमा १२४५ घर परिवार बिस्थापित भएको तथ्यांक छ।

Leave a review

This will close in 0 seconds