पर्सा : पर्साको बन संरक्षण टोलीले काठ,दाउरा चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत १५ क्बीन्टल भन्दा बढी दाउरा र आँठ वटा साईकल नियन्त्रणमा लिएको छ ।
आँठवटा साईकलमा दाउरा लोड गरी ल्याईरहेको अवस्थामा दाउँरेहरु बनटोलीको गाडीको आवाज सुनेर साईकलमा लोड गरिएको दाउरा छोडेर फरार भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिएका छन ।
काठ,दाउरा चोरी निकासी नियन्त्रण गर्ने अभियान नै जिल्लामा चलाईएको उनले बताए । सोही अनुसार बन कर्मचारी र बन उपभोक्ता समुहलाई परिचालन गरिएको डिभिजन अधिकृत अहमदले जानकारी दिए ।
पर्सागढी नगरपालिका वडा नं.३ झबराहा चोक र आम बगैचामा गरी दुई समुहमा बिभाजन भई बन संरक्षण टोली परिचालन भएको सब डिभिजन बन कार्यालय सबैयाका छैठो तहका अधिकृत उज्जवल यादबले जानकारी दिए ।
बिन्दाबासनी कोईलाभार बड्निहार साझेदारी बन उभोक्ता समुहका अध्यक्ष महम्मद रिजवानुल हक र सब डिभिजन बन कार्यालय सबैयाका साहयक बन अधिकृत नबिनित मिश्राको कमाण्डमा परिचालित टोलीले यो सफलता हासिल गरेको हो ।
बरामद दाउरालाई सब डिभिजन बन कार्यालय सबैयाको नियन्त्रणमा राखिएको छ भने नियन्त्रणमा लिएको ६ वटा साईकलको चक्का काटेर साईकलको हयान्डिल बाङ्गो गरेर छोडिएको थियो ।

