डेङ्गु संक्रमणबाट बच्न जीतपुरसिमराले औषधी छर्कदै

रञ्जन यादव
359 पाठक संख्या

जीतपुर : डेङ्गु संक्रमणबाट बच्न जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुरमा औषधी छर्कने काम गरिरहेको छ ।

उपमहानगरपालिकाको वडा नं.७ जीतपुरका केही ब्यक्तिहरुमा डेङ्गु संक्रमण देखिन थालेपछि उपमहानगरपालिकाले यो अभियान चलाएको हो । नगर प्रहरीको सहकार्यमा जीतपुरका बिभिन्न टोलहरुमा औषधी छर्कने काम भईरहेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्माले डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्दछ ।

उहाँका अनुसार एडिज जातको लामखुट्टे विशेषगरी, सूर्योदयको समय दिउँसो र घाम अस्ताउने (बेलुका) को समयमा सक्रिय हुने गर्छ ।

उहाँका अनुसार एडिज जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्दछ । उच्च ज्वरो आउनु, जोर्नी तथा मांसपेशी दुख्नु डेंगु सङ्क्रमणका प्रमुख लक्षण हुन् ।

यसबाहेक आँखाको पछाडिको भाग दुख्ने, ज्यान दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, पेटमा गाह्रो हुने जस्ता लक्षण देखिने डा.चालिसे बताउनुहुन्छ ।

डेंगुको सङ्क्रमण सबै उमेर समूहका मानिसलाई हुन सक्छ । साना बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती डेंगु भएमा जटिल स्वास्थ्य समस्या निम्तन डा.चालिसेको भनाइ छ ।

एक पटक डेंगु सङ्क्रमण भएका मानिसमा अर्को पटक डेंगु सङ्क्रमण हुँदा झन् जटिल स्वास्थ्य समस्या निम्तने उहाँ बताउनुहुन्छ । डेंगु अहिलेसम्म कुनै पनि उपचार विधिको विकास नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो ।

Leave a review

This will close in 0 seconds