कलैया । बारामा धारिलो हतियार प्रहारबाट एक जनाको हत्या भएको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर -१ सेमरा तेगछीयामा अज्ञात समुहले धारिलो हतियार प्रहार गरि एक जनाको हत्या गरेको हो ।
हत्या हुनेमा सोही वडाका ५० वर्षिय श्रीनारायण यादव रहेको प्रहरीले जनाएको छ।
उक्त घटनामा एक जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
यादवको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रवक्ता सापकोटाले बताए ।

