वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–३ छपकैया बस्ने २६ बर्षिय बिरेन्द्र साह सोनारको हत्या गरको आरोपमा एक जनालाई बारा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
प्रहरीले सोनारको हत्यामा सँलगन रहेको आरोपमा पक्राउ परेका पर्सा बहुदरामाई नगरपालिका–९ बस्ने २८ बर्षिय बिजय कुमार साहलाई बिहबिार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
गत कार्तिक १ गते सोनारको शब बारास्थित गण्डक नहरको डिलमा भेटिएको थियो ।
शब भेटिएपछि सोही दिन सोनारकी श्रीमतीलाई पनि पक्राउ गरि अनुसनधान अघि बढाएको प्रहरीले पछि साहलाई पनि कलैया उपमहानगरपालिका–१० मटिअर्वा स्थित दशगंजाबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका साह र मृत सोनारकी श्रीमती बीच प्रेम समबन्धका कारण हत्या साहले गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
बितेको असोज २७ गते साँझ मृत सोनार र साह सँगै बाराको मुसहर्वास्थित मेला हेर्न गएका थिए ।
सोही राति साढे नौ बजेको समयमा सोनारकी श्रीमतीसितको प्रेम समबन्धको बारेमा दुबै जनाबीच बिबाद हुदा साहले उनको हत्या गरेका थिए ।
बिबादको क्रममा साहले गमछाले पछाडीबाट घाँटीमा कसी हत्या गरेर प्रसौनी गाउँपालिका–१ त्रिबेणी स्थित गण्डक नहरमा फालेको भनि स्विकार गरेको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।
२७ गते हत्या गरिएका सोनारको शब कार्तिक १ गते भेटिएको थियो ।
हत्याको आरोपमा पक्राउ परेका साह र मृतक सोनारकी श्रीमतीलाई पनि प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको बारा प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।


