बाल एकता बोर्डिङ स्कुलद्वारा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध गरियो सचेतनामुलक र्‍याली

संदिप प्रसाद यादव
1.4k पाठक संख्या

कलैया : बाल एकता बोर्डिङ स्कुलले लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सचेतनामुलक र्‍याली कलैयामा निकालेको छ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर –६ मा रहेको बाल एकता बोर्डिङ स्कुलले शुक्रबार लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सचेतनामुलक र्‍याली निकालिएको हो।

स्कुलबाट सुरु भएको चेतनामुलक र्‍याली कलैयाको बजार हुदै विभिन्न भाग हुँदै स्कुलमै पुगेर समापन भएको हो।

बढ्दै गएको लागु औषध दुरुपयोग ओसार पसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाउन सो र्‍याली निकालिएको विद्यालयका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल सुमोध सरार्फले बताएका छन् ।

स्वस्थ्य समाजका लागि लागू औषध मुक्त समाज आवश्यक छ,स्वस्थ्य रहन,सफल हुन लागू औषधबाट टाढै बसौं,लागुऔषध होईन,शिक्षा रोजौ,लागु औषधको व्यापार मानवता विरोधी अपराध हो र “समृद्ध राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वास्थ्य जीवन” भन्ने नारा सहित उक्त सचेतनामुलक र्‍याली निकालिएको थियोे।

सो र्‍यालीमा बाल एकता स्कुलका कक्षा ५ र ६ का दुई सय ५० जना विद्यार्थी तथा शिक्षक लगायतको उपस्थिति रहेको थियो।

Leave a review