१५ जना कार्यालय सहयोगी पदको लागि ५ सयको आवेदन

रञ्जन यादव
483 पाठक संख्या

जितपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले १५ जना कार्यालय सहयोगीको लागि खुलाएको बिज्ञापनमा ५ सय जनाको आवेदन परेको छ ।

उपमहानगरपालिकाले कार्यालय सहयोगी खुलातर्फ ८ जना,महिलातर्फ दुई जना,आदिवासी जनजातितर्फ दुई जना,मधेशीतर्फ दुई जना र दलिततर्फ एक जना गरी १५ जना कार्यालय सहयोगीको माग गरेको थियो ।

जस अन्तर्गत आवेदन दिने अन्तिम मिति मंसिर १७ गते सम्म ५ सय जनाको आवेदन परेको उपमहानगरपालिकाको प्रशासन शाखाको अधिकृत रामेश्वर बञ्जाराले जानकारी दिए ।

खुलातर्फ ५ सय जना,महिला तर्फ ३२५ जना,आदिवासी जनजातीतर्फ ११४ जना,मधेसीतर्फ ५० जना र दलिततर्फ २९ जनाको आवेदन परेको अधिकृत बञ्जाराले बताए ।

उपमहानगरपालिकाले कार्तिक २७ गते पहिलो पट्क र कार्तिक २९ गते संशोधन गरी संशोधित सुचना दोस्रो पट्क प्रकाशन गरेको थियो ।

परिक्षाको किसिममा लिखित र अन्तर्वार्ता दुबै राखिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । कार्यालय सहयोगीको लागि न्युत्तम शैक्षिक योग्यतामा मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई.ई. वा सो सरह भनिएको छ ।

Leave a review

This will close in 0 seconds