यु १६ राष्ट्रिय महिला फुटबल टोलिको मुख्य प्रशिक्षकमा शुलभ जङ्ग राणा

साझेदारी दैनिक
315 पाठक संख्या

निजगढ :नवराज चौलागाईं/ यु १६ को नेपाली राष्ट्रिय महिला फुटबल टोलिको मुख्य प्रशिक्षकमा शुलभजङ्ग राणा नियुक्त भएकाछन ।

अखिल नेपाल फुटबल संघ ( एन्फा ) ले शुक्रबार राणालाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेकोहो ।

एन्फा महासचिव किरण राईले राणालाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिएको मनोनयनपत्र प्रदान गरेका हुन्।

नेपाल र भुटानको यु १६ राष्ट्रिय महिला टोलि बिच काठमाडौमा पौष ५ गते अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ ।

सोही प्रतियोगितालाई लक्षित गरेर एन्फाले यु १६ राष्ट्रिय महिला फुटबल टोलि तयार गर्न लागेकोहो । टोलिको सहायक प्रशिक्षकमा गृष्ममणि शाक्य मोनोनित भएका छन्।

टिम म्यानेजरमा निरु थापा नियुक्त भएकि छिन।

Leave a review