टांगियाबस्तीको बिद्यालयमा ६ कोठे भवनको शिलान्यास

साझेदारी दैनिक
273 पाठक संख्या

टाँगिया : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ अन्तरगतको टांगियाबस्तीमा रहेको एक बिद्यालयमा ६ कोठे भवन निर्माण गर्न शिलान्यास गरिएको छ ।

स्थानीय शान्ति आधारभूत विद्यालयमा साथी नेपाल र चाइल्ड रेस्क्यु नेपालको सहयोगमा उक्त ६ कोठे भवन निर्माण गर्न लागेको जनाईएको छ । बुधवार एक कार्यक्रमवीच बारा क्षेत्र नं. ३ (१) का मधेश प्रदेशसभा सदस्य रवीन्द्र श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् ।

भवन निर्माणमा जीतपुरसिमरा उपमहानगरपालिकाले प्राविधिक सहयोग गर्नेछ । साथी नेपालले यसअघि अपांगता भएका बालबालिकाका लागि सिमरास्थित नेपाल अपांग सेवा संघको कार्यालय परिसरमा दुई कोठे भवन निर्माण कार्य सुरु गरेको थियो ।

भवन शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी,वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेल,नेकपा एमालेका मधेश प्रदेश सचिव मनोज पौडेल,साथी नेपालकी अध्यक्ष सरिता सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

Leave a review