स्स्वर्णकारद्वारा रास्वपाको जिल्ला कोषाध्यक्षमा साह र जिल्ला सदस्यमा यादवलाई मनोनयन

साझेदारी दैनिक
401 पाठक संख्या

कलैया : राष्ट्रिय स्वतन्त्र पार्टी बाराका सभापति चन्दन स्वर्णकारले पार्टीका जिल्ला कोषाध्यक्ष एवम जिल्ला सदस्यमा मनोनयन गरेका छन्।

स्वर्णकारले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० का राजेश साहलाई पार्टीको विधान २०७९ को तेस्रो संशोधनको धारा ३३ को उपधारा १ को क जिल्ला भेला कार्यविधि २०८१ को धारा ५ को क बमोजिम राजेशलाई कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन्।

यस्तै आदर्श कोतवाल वडा नम्बर ४ का बसन्त प्रसाद यादवलाई जिल्ला सदस्य पदमा स्वर्णकारले मनोनयन गरेका हुन्।

उनले उनीहरुलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन्। मनोनयनपत्रको बोधार्थ पार्टीको मधेश प्रदेश समिति,केन्द्रिय संगठन विभाग,केन्द्रिय समिति,केन्द्रिय अनुशासन आयोग र केन्द्रिय निर्वाचन आयोगमा पठाइएको छ।

Leave a review