रेडक्रस सपही उपशाखाद्वारा कम्बल वितरण

साझेदारी दैनिक
272 पाठक संख्या

कोल्हवी: बिनिता चौधरी/ नेपाल रेडक्रस सोसाइटीको कोल्हवी स्थित सपही उपशाखाले शनिवार एक कार्यक्रमवीच न्यानो कपडा(कम्बल) वितरण गरेको छ ।

तराई मधेसमा चलिरहेको शितलहरको कारण जनजीवन कष्टकर भइरहेको अवस्थालाई मध्य नजर गर्दै केही हदसम्म सहयोग गर्ने उद्देश्यले उक्त कम्बल वितरण गरीएको हो ।

नेपाल रेडक्रस सोसाइटी बारा जिल्ला शाखाबाट प्राप्त १५ थान न्यानो कम्बल नेपाल रेडक्रस सोसाइटी सपही उपशाखाले कोल्हबी नगरपालिकाका वडा न. २,३ ,४ र ९ का १५ जना अतिविपन्न लक्षित वर्गहरुलाई वितरण गरीएको जनाईएको छ।

लक्षित वर्गहरुले न्यानो कम्बल प्राप्त गरे पछि खुशी हुँदै आआफ्नो घर फर्केको कुरा उपशाखा सपहीका सभापति इन्दिरा देवकोटाले जानकारी दिनुभएको छ ।

सो कार्यक्रममा कोल्हवी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारी,३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,४ का वडा अध्यक्ष बिष्णु मैनाली,९ का वडा अध्यक्ष दलबहादुर चौधरी,उपशाखा सपहिका सभापति इन्दिरा देवकोटा,भगवती भण्डारी,कल्याणी बिमली,महेन्द्र प्रसाद देवकोटा,कालिका भण्डारी लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेकोे थियो ।

Leave a review

This will close in 0 seconds