बारा : नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवम् भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतीले सरकारले शिक्षा र स्वास्थय निःशुल्क गर्नुपर्ने बताएका छन्।
नेपाल मजदुर किसान पार्टीको ५१ औ स्थापना दिवसको अवसरमा बाराको कलैयामा नेमकिपा बाराले सोमबार आयोजना गरेको कार्यक्रमलाई प्रमुख आतिथ्य बाट सम्बोधन गर्दै केन्द्रिय सदस्य प्रजापतीले यस्तो बताएका हुन्।
उनले भक्तपुर नगरपालिकाले उच्च शिक्षा हासिल गर्ने बिधार्थीहरुलाई बिना धितो र शुन्य ब्याजमा ऋण लगानी गर्ने गरेको जानकारी दिए। ऋण लिएर उच्च शिक्षा हासिल गरी जागीरमा गएपछि बिधार्थीहरुले ऋण फिर्ता गर्ने गरेको समेत उनले बताए।
देशभरका पालिकाहरुले समेत उच्च शिक्षा अध्ययन गर्ने बिधार्थीहरुको लागि शैक्षिक ऋणको ब्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। सरकारसंग किसानहरुलाई सहज रुपमा रसायनिक मल, बिउ तथा सिचाईको ब्यवस्था गर्न उनले माग गरे।
उखु मिलले समेत किसानहरुलाई उखुको भुक्तानी समयमै गर्नुपर्ने उनले बताए।उनले देशमा भ्रष्टाचार बढदै गएको बताए ।उनले देशका नेता तथा कार्यकर्ताहरु पद र पैसाको लागि राजनीति गरिरहेको आरोप लगाए ।
उनले सेवाको भावनाले राजनीति गर्न राजनैनिक दल संग आग्रह गरे । उक्त अवसरमा नेमकिपाका केन्द्रिय सदस्य एवम् भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य रोशनमैया सुवाल, भक्तपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष श्याम खत्री,नेपाल क्रान्तिकारी यूवा संघका कोषाध्यक्ष जगत क्वाजु लगायतकाले मन्तब्य व्यक्त गरेका थिए।
नेपाल मजदुर किसान पार्टीका बाराका अध्यक्ष मुक्ति यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सञ्चालन सरोज साहको रहेको थियो ।


