नेपाल राष्ट्रिय आधारभूत विद्यालय कोल्हवीमा खग्दे पडरीमा भयो ट्रेकसुट वितरण

साझेदारी दैनिक
276 पाठक संख्या

कोल्हवी :बिनिता चौधरी/ कोल्हवीमा नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा खग्दे पडरीमा ट्रेकसुट वितरण गरिएको छ ।

बाराको कोल्हवी नगरपालिका वडा नम्बर ११ मा रहेको सो विद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई बिहीबार एक कार्यक्रमको बिच एक लाख बरावरको सय थान ट्रेकसुट वितरण गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगरनाथ चौधरीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथि त्रिएक फेसन गारमेन्ट प्रा. लि. भरतपुरका प्रबन्धक निर्देशक मनोज चौधरीले आफ्नो निजि लगानीमा ट्रेकसुट वितरण गरेका हुन्।

सो कार्यक्रममा चन्द्रीका चौधरी,पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र चौधरी, भिम चौधरी,पूर्व प्रधानाध्यापक आनन्द चौधरी,विद्यालय व्यवस्थापन समितिका सदस्य असिया देवि थरुनी,जयबहादुर पासवान,कपिलदेव साह,शिक्षकहरु राम अयोध्या चौधरी,दिगम्बर चौधरी लगायतकाले मन्तव्य व्यक्त गरेबम हुन्।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले आफ्नो प्राथमिक शिक्षा यहि बिधालयबाट हासिल गरेको जनाए।

आफू पनि यहि गाउँको वासिन्दा भएको नाताले बिद्यार्थीहरुलाई बिधालय आउन उत्साहित होस भन्ने उदेश्यले ट्रेकसुट वितरण गरिएको जानकारी दिए। यस विधालयमा कार्यरत शिक्षक शिक्षिकाहरुलाई समयमा विद्यालयमा उपस्थित भइ विद्यालयको पठनपाठनलाई समयमा सन्चालन गर्न आग्रह गरे ।

प्रमुख अतिथि चौधरीले आउँदो दिनमा यस बिधालयलाई अगाडि बढाउन आफुसङ्ग धेरै योजनाहरु रहेको जनाए। उनले ती योजनाहरु क्रमशः पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
उक्त कार्यक्रममा बिधालय व्यवस्थापन समितिका पदाधिकारी,अभिभावक र बिद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक अनिल चौधरीको थियो। कार्यक्रमको संचालन रामानन्द चौधरीको रहेको थियो।

Leave a review