अक्षराले मनायो आठौँ बार्षिकोत्सव एवं अभिभावक दिवस

रञ्जन यादव
440 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरामामा रहेको अक्षरा पाठशालाले आफ्नोे आठौँ बार्षिकोत्सव एवं अभिभावक दिवस सोमबार विभिन्न कार्यक्रम गरि मनाएको छ ।

आफ्नै विद्यालयको प्राङ्गनमा आयोजना गरेको बार्षिकोत्सव कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यबाहक प्रमुख तथा उपप्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गरेका हुन ।

सो अवसरमा बोल्दै कार्यबाहक प्रमुख अधिकारीले देशको शैक्षिक विकासमा संस्थागत विद्यालयको पनि सामुदायिक विद्यालयसरह योगदान रहेको चर्चा गर्नुभयो। अक्षरा पाठशालाले आउदो दिनमा पनि बार्षिकोत्सव मनाई रहोस भनेर उहाले शुभकामना व्यक्त समेत गरेका छन ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरेन्द्र तामङ्गले विद्यालयको स्थापनादेखि हालसम्मको संक्षिप्त प्रगति विवरणका साथै विद्यालयको आगामी योजनाहरूका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रेम बस्नेतले यस विद्यालयलाई गणुस्तरीय शिक्षाको केन्द्रको रुपमा स्थापित गर्न विभिन्न शैक्षिक अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममा एन प्याब्सनको केन्द्रिय सदस्य रामप्रसाद लामिछाने,सिमरा कलेजका प्रमुख शालिकराम अधिकारि लगायतकाले यस क्षेत्रका आमविद्यार्थी र अभिभावकको आकर्षणको शैक्षिक संस्थाका रुपमा उभ्याउने सफल भएको बताएका छन ।

सो अवसरमा अक्षरा पाठशालाको विद्यार्थीहरुले बिभिन्न बिषयमा केन्द्रित भएर नाटक प्रदर्शन गरेको थियो भने त्यस्तै बिद्यार्थीहरुले नृत्य प्रदर्सन समेत गरेको थियो ।उक्त कार्यक्रममा विद्यालयको शिक्षक शिक्षिका,अभिभावक,जनप्रतिनिधि लगाएत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रेम बस्नेतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन बिद्यालयका सञ्चालक तथा शिक्षक ऋषि काफ्लेले गरेका थिए ।

Leave a review

This will close in 0 seconds