नेका पुर्ववडा सभापति चौधरीको निधन

साझेदारी दैनिक
251 पाठक संख्या

कोल्हवी :बिनिता चौधरी/ नेपाली कांग्रेस कोल्हवी नगरपालिका वाड नम्बर ५ का पुर्ववडा सभापति राजा चौधरीको ४८ बर्षको उमेरमा सोमबार बिहान निधन भएको छ ।

स्वर्गीय चौधरीको पार्थिव शरीरमा नेपाली कांग्रेसको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिईएको थियो ।

स्वर्गीय चौधरीलाई श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेस वारा जिल्ला कार्य समितिका कोषाध्यक्ष बासु प्रसाद चौधरी,कोल्हबी नगर कमिटीका उपसभापति वसन्त चौधरी,नेपाली कांग्रेस प्रदेश प्रतिनिधि संजय कुमार चौधरी,नेपाली कांग्रेस वडा न ५ का वडा सभापति राजेश्वर चौधरी,क्रियाशिल सदस्य शोभालाल चौधरी,पुर्व वडा सदस्य गोबिन्दर चौधरी,पूर्व शिक्षा अधिकारी बृजमोहन चौधरी,थारु अगुवा गिरधारी चौधरी लगायत काँग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

स्व.राजा चौधरी सभापति भएको बेला कोल्हवी नगरपालिका वडा न ५ मा नेपाली कांग्रेस पार्टीलाई जनताको माझ लोक प्रिय बनाउन सफल हुनु भएको नेपाली कांग्रेस क्रियाशिल सदस्य नारायण ईश्वर चौधरीले बताएका छन ।

उहाको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षती भएको प्रदेश प्रतिनिधि संजय कुमार चौधरीले बताएका छन । स्वर्गीय राजा चौधरीको दुईवटा छोराहरु रहेका छन । उनको सोमबार नै स्थानीय नदीमा हिन्दुपरम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।

Leave a review

This will close in 0 seconds