साढे एघार किलो लागु औषध चरेशसहित सुधिर कर्ण पक्राउ

राम मण्डल
199 पाठक संख्या

वीरगन्ज : पर्सा प्रहरीले साढे एघार किलो लागु औषध चरेश सहित वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका–४ मधुवनगोठ बस्ने ४५ बर्षका सुधिर कर्ण रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगञ्ज महानगरपालिका–१६ चालिस फिट्टे सडकखण्डमा जाँच गर्ने क्रममा कर्णलाई चरेससहित प्रहरीले पक्राउ गरेको हो।कर्णले बोकेको ग्यालेनभित्र लुकाइ छिपाई राखिएको लागु औषध चरेश एघार किलो पाँच सय ग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका कर्णलाई लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी सुबास भट्टले साझेदारी दैनिकलाई जानकारी दिए।

Leave a review

This will close in 0 seconds