राजनीतिक नेतृत्वमा महिला सहभागिता सुनिश्चितताको आग्रहका साथ कलैयामा अनुपम अभियान र्‍याली

संदिप प्रसाद यादव
390 पाठक संख्या

कलैया : अनुपम अभियान अन्तर्गत राजनीतिक नेतृत्वमा महिला सहभागिता सुनिश्चित होस भन्दै कलैयामा र्‍याली निकालिएको छ।

कलैया उपमहानगरपालिकाको गेटबाट निकालिएको अनुपम अभियान अन्तर्गत ¥याली नगर परिक्रमा गरि भरत चौकमा कोण सभामा परिणत भएको थियो।

अन्तर–पुस्ता महिलावादी मञ्चको आयोजनामा समानता अभियान नेपालकी अध्यक्ष निभा सिंहको अगुवाईमा उक्त ¥यालि निकालिएको हो।

“समता मुलक स्वाभिमान अभियान“,महिला एकता जिन्दावाद,मिशन २०८४ सफल पारौं,मेयरमा महिला रोजौ,महिला सहभागिता आजको आवश्यकता भन्ने मूल नाराका साथ सो ¥याली निकालिएको हो।

कोण सभालाई सम्बोधन गर्दै महिला संजाल बाराकी अध्यक्ष बबिता जयसवालले आगामी चुनावमा राजनीतिक दलले चुनावी गठबन्धन गरेर महिलालाई बाहिर गर्ने वातावरण बनाए सबै दलका नारीहरु मिलेर महिला गठबन्धन गर्ने बताएकी छिन् ।

यात्राको अध्यक्ष एवम् समानता अभियान नेपालका अध्यक्ष निभा सिंहले जुनसुकै पार्टीको भएपनी महिलाको सवालमा एक जुट हुनै पर्ने बताएकी छन्।

अन्तर–पुस्ता महिलावादी मञ्चले वि.सं. २०८० देखि २०८४ सम्मका लागि एक देशब्यापी महिलावादी “अनुपम अभियान” को शुरुवात गरेको छ। यो अनुपम अभियान अन्तर्गत यो दोस्रो वर्षमा, एकजुट हुने प्रकृयामा सबै महिला देशब्यापी यात्राहरु गर्दैछौ अध्यक्ष सिंहले बताइन्।

यो ५ वर्षे अनुपम अभियानको मुख्य लक्ष्य भनेको एउटा न्यायिक र समतामूलक समाज बनाउन टेवा पु-याउनु हो। यसको लागि कुनै पनि पछाडि पारिएका समुदाय र महिलाहरुको आवाज बुलन्द गर्दै उनीहरुलाई राष्ट्रको हरेक तहमा निर्णायक भूमिकामा पु¥याउने अभियानको लक्ष्य रहेको छ। परमुखी विकासको कूलो फर्काउदै,आत्मसम्मान र आत्मनिर्भता बढाउने अभियानको प्रयास रहेको सिंहले जानकारी गराईन्।

बसयात्रालाई पछ्याउँदै, प्रदेश, जिल्ला, पालिका र वडा भित्र यस्तै यात्राहरु वर्षभरि गर्दै आएको उनले बताईन्।

यसले महिलावादीहरुको स्वाभिमान र आत्मसम्मान बढ्ने विश्वास लिइएको छ। वि.सं. २०८१ (सन् २०२४) अन्तर्गत देशब्यापी नै यात्राहरु विभिन्न माध्यमहरुबाट (पैदल, साइकल, टेम्पो, बस इत्यादी) चलाइने जनाईएको छ । यसरी अनुपम अभियानको चिनारी र आईजिएफएफ को बल बढाउँदै, बढि भन्दा बढि महिलावादी साथीहरुलाई समेट्ने प्रयास रहेको छ ।

उक्त ¥यालीमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साह र उप प्रमुख रौशन प्रविण,४ का वडा अध्यक्ष रामेश्वर यादव,६ का वडा अध्यक्ष रामविश्वास ठाकुर लोहारको विशेष सहभागिता रहेको हो। यस्तै जिल्लाका विभिन्न संस्था,महिला,जिल्ला प्रहरी कार्यालय बारा लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन सरस्वती खरेलको थियो।

Leave a review

This will close in 0 seconds