मिटर ब्याज पीडितद्वारा सिडिओ अफिस मै आत्मदाहको प्रयास

साझेदारी दैनिक
560 पाठक संख्या

बिरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको परिसरमा एक जना मिटर ब्याज पीडितले आतमदाहको प्रयास गरेका छन् ।

सोमबार दिउँसो जिल्ला प्रशासनमा पुगेका बाराको पचरौता नगरपालिका-४ घर भइ पर्साको वीरगञ्ज महानगरपालिका-२४ रामगढवा टोलमा डेरा गरि बस्ने ६० वर्षीय बृजकिशोर प्रसाद साहले आत्मदाहको प्रयास गरेका हुन ।

उनले बिषादि लिएर आफ्नो जिउँमाथी पेट्रोल खन्याएर आगो लगाउन खोजेका थिए ।

आत्मदाहको प्रयास गरेपनि जिल्ला प्रशासनमा रहेका प्रहरीले रोकेर उद्घार गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

साहले एक लाख ५० हजर रुपैया ऋण लिएर ६ लाख पर्ने जग्गा साहुको नाममा पास गरिदिएका थिए ।

लिएको ऋण तिर्दा समेत साहुले जग्गा फुकुवा गर्न नमानेको तथा आफुले न्याय पाउन नसकेकोले आत्मदाह गर्ने प्रयास साहले गरेका थिए ।

घटनास्थलबाट उद्घार गरिएका उनलाई उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएको तथा उनको अवस्था समान्य रहेको प्रजिअ अर्यालले बताए ।

मिटरब्याज सम्बन्धि मुदाहरु अहिले जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।

ऋण तिर्दा समेत साहुले जग्गा हत्याउने मन्सायले जग्गा फुकुवा नगर्दा आबेशमा आएर साहले आत्मदाहको प्रयास गरेको बुझिएको छ ।

नारायणी अस्पतालमा उपचाररत साहले आफुले गाउँकै दुई जना र पर्साको एक जना गरि तीन जना सित ऋण लिएको तर उनीहरुले जग्गा दिन नचाहेको बताए ।

Leave a review