विक्रम संवतको नयाँ वर्ष २०८२ मनाईयो

साझेदारी दैनिक
470 पाठक संख्या

कलैया : राजेश कुशवाहा /बारामा विक्रम संवतको नयाँ वर्ष २०८२ सोमबार हर्षाेल्लासका साथ मनाइएको छ।

जिल्लाको कलैया उपमहानगरपालिका,जितपुर सिमरा उपमहानगरपालिका,महागढीमाई नगरपालिका,पचरौता नगरपालिका,सिम्रौनगढ नगरपालिका,कोल्हवी नगरपालिकामा नयाँ वर्ष उल्लासका साथ मनाईएको हो ।

यसैगरी जिल्लाको परसौनी गाउँपालिका,परवानीपुर गाउँपालिका,फेटा गाउँपालिका,विश्रामपुर गाउँपालिका,देवताल गाउँपालिका,सुवर्ण गाउँपालिका,बारागढी गाउँपालिका र करैयामाई गाउँपालिकामा नयाँ वर्ष उल्लासका साथ मनाईएको हो।

नयाँ वर्ष मनाउनका लागी बाराका युवा युवतीहरु नेपालको प्रसिद्धस्थलमा गएका छन ।उनीहरु गाडी भाडामा लिएर नया वर्ष मनाउन नेपालको प्रसिद्ध स्थल मनोकामना,हेटौडाको सहीद स्मारक लगायतको स्थानमा गएका हुन्।

नयाँ वर्ष मनाउनका लागी बाराको प्रसिद्धस्थलहरुमा समेत भिड लागेको छ। जिल्लाको चारकोशे झाडी स्थित सहजनाथ महादेव मन्दिर,गढीमाई मन्दिर,सिम्रौनगढ स्थित रानीवास मन्दिर, झरोखर पोखरी,लगायतका स्थानमा नयाँ वर्ष मनाउनेहरुको घुईचो लागेको सिम्रौनगढका पत्रकार रामेश्वर मेहताले जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds