नेकपा एमाले जीतपुरसिमरा नगरकमिटीको अध्यक्षमा ठकुरी विजयी

साझेदारी दैनिक
481 पाठक संख्या

सिमरा : नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका कमिटीको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।

अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न आयोजित निर्वाचनमा त्रिलोक विक्रम ठकुरी २०७ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी तारा बस्नेत ’हिरा’ले १०६ मत प्राप्त गरे।

उपाध्यक्ष पदमा कैमि दिन अन्सारी १८७ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी सुनिल कुमार गुप्ताले १२२ मत प्राप्त गरे। सचिव पदमा रविन्द्र भण्डारी १६८ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी रमेश कुमार पौडेलले १३८ मत प्राप्त गरे।

उपसचिव पदतर्फ इम्तियाज आलमले १०१ मत पाए भने विष्णुप्रसाद सापकोटा १९५ मतसहित विजयी भएका छन्। महिला उपसचिवमा अलौपिया चौधरी १८२ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी समिता शर्माले १२४ मत प्राप्त गरिन्।

अधिवेशनले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै जनप्रतिनिधिमार्फत नेतृत्व चयन गर्ने परिपाटीलाई निरन्तरता दिएको छ।

नयाँ नेतृत्वसँग पार्टी कार्यकर्ताहरूले संगठन सुदृढीकरण र जनसमस्याको समाधानतर्फ अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छन्।

Leave a review

This will close in 0 seconds