मौलापुरमा “बेटी के साथ मेयर“ कार्यक्रम अन्तर्गत एकैदिन भयो ४८ लाख रकम वितरण

साझेदारी दैनिक
660 पाठक संख्या

रौतहट : करण कुमार मिश्र/ रौतहटको मौलापुर नगरपालिका ’बेटी (छोरी) के साथ मेयर’ कार्यक्रम अन्तर्गत एकै दिन ४८ लाख रकम वितरण भएको छ।

नगरपालिकाका प्राङ्गणमा १५९ जना लाभग्राहीहरूलाई ४७ लाख ७० हजार रकमको चेक बुधबार वितरण गरिएको छ।

मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले शुरु गरेको यो कार्यक्रम मधेश प्रदेश,नेपालमा मात्र नभएर भारतको बिहार राज्यमा समेत यस्को चर्चा रहेको छ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा मौलापुर नगरपालिका द्वारा “बेटीके साथ मेयर“ कार्यक्रम अन्तर्गत हालसम्म २८० जना लाभग्राहीहरूलाई ८४ लाख रकम वितरण गरिसकेको छ। मेयर साहका अनुसार सो कार्यक्रम मार्फत प्रत्येक परिवार ३०/३० हजार रुपैयाको चेक हस्तान्तरण गरिएको छ।

यो कार्यक्रम अन्तर्गत विवाह गर्न उमेर पुगेका गरीब,असहाय छोरीको परिवार लाई विवाह गर्ने बेलामा ३० हजार आर्थिक सहयोग नगरपालिकाले गर्दै आएको छ। अहिलेसम्म हजारौं घरपरिवार यो सेवा पाईसकेको मौलापुर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले साझेदारी दैनिकलाई बताए।

बेटी (छोरी) के साथ मेयर’ कार्यक्रम मार्फत चेक पाउने स्थानीय नगिना देवीले मौलापुर नगरपालिकाको यस्तो कार्यको सराहना गर्दै यसले ठूलो सहयोग गरेको बताएकी छन्। चेक पाएपछि उनी खुशीले गदगद भइन्। नगिना देवीले यति सहयोग गेरेर माया, स्नेह राखिरहने मेयर रीना साह लाई विशेष धन्यवाद दिइन ।

यस्तै अर्को सेवाग्राही नागेन्द्र यादवले समेत मेयर रीना साहको प्रशंसा गरे। छोरीको विवाह होस वा मालपोत कर,कुनै प्रकारको सिफारिस,कुनै पनि किसिमको कर तिर्नुपर्देन नगरपालिकामा उनले भने। निशुल्क विजुली,पानी लगायतका कार्यक्रमले आफू निकै खुशी रहेको उनले बताए।

मौलापुर नगरपालिकाले मालपोत शुल्क,नागरिकता सिफारिस,विवाह दर्ता,मृत्यु दर्ता लगायाका बिभिन्न सिफारिसहरुको सहित शुल्कहरु शून्य बनाईदिएको छ। शुन्य शुल्कको नीति रहेको मौलापुरको यस्तो कामले सर्वसाधारण नागरिकले लाभ उठाउँदै आएका छन्। मेयर साहले जनताको पक्षमा गरेको विभिन्न कामले उनी चर्चामा रहेकी छन्।

Leave a review

This will close in 0 seconds