कलैया :राजेश कुशवाहा/ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २७ ले सोमबार नेपाल राष्ट्रिय आधारभूत विद्यालय रामपुर बिजुलपुरमा अध्ययनरत छात्राहरु साईकल वितरण गरेको छ।
शिक्षामा बालिकाहरूको सहभागिता बढाउनका लागि उक्त विद्यालयका ३९ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो ।
बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी साहको प्रमुख आतिथ्यमा वडा अध्यक्ष अशोक तिवारीको अध्यक्षतामा साईकल वितरण कार्यक्रम सम्पन्न भएको हो।
उक्त अवसरमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह,शिक्षा तथा खेलकुद शाखाका राजिव यादव,विद्यालयका प्रधानाध्यापक सुकदेव प्रसाद यादव,नेकपा एमालेका अमृत शर्मा बजगाई,वडा सदस्यहरु नरेश कुशवाहा,अलिमहम्मद अन्सारी,कृष्णवति देबी,लालमती देबी बैठा,वडा सचिव गोरख पण्डित,समाजसेवी पशुराम चौधरी,हिरा साह लहेरा, रामईश्वर यादव,रामानन्द बैठा,दवारिक सहनी,अनरजित चौधरी शम्भु,राउत कुर्मी,जियालाल महतो,गफुर अन्सारीको लगायतको उपस्थिति रहेको थियो ।
वडा स्तरीय बजेटबाट छात्राहरुलाई साईकल बितरण गरिएको हो ।

