सांसद साहको पहलमा डुमरवाना हाटबजार निर्माण सुरु

रञ्जन यादव
354 पाठक संख्या

जीतपुर : बारा क्षेत्र नं. ३ की सांसद ज्वाला साहको पहलमा संघीय सरकारको बजेटबाट निर्माण सुरु भएको डुमरवाना हाटबजारको शिलान्यास एक विशेष समारोहका बीच सम्पन्न गरिएको छ ।

कार्यक्रममा बोल्दै नेताहरुले डुमरवाना हाटबजारको निर्माणले स्थानीय आर्थिक गतिविधिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए। सांसद साहले विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि यस्ता परियोजनालाई प्राथमिकतामा राखिने बताइन्।

४० लाख ८३ हजारको लागतमा डुमरबाना बजार निर्माण हुन लागेको हो ।

शिलान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी,वडा नम्बर १५ का अध्यक्ष रामप्रसाद लामिछाने,वडा नम्बर १३ का अध्यक्ष हेमनारायण चौधरी, कार्यपालिका सदस्य प्रल्हाद साह सोनार,नेकपा एमाले बाराका सहसचिव अमृत शर्मा,युवा संघ बाराकी कोषाध्यक्ष समिता शर्मा,नेपाली कांग्रेसका वडा सभापति ओमराज पाण्डेसहित स्थानीय राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds