जबर्जस्ती चन्दा आतंकले सिङ्गौलमा कार्यरत निर्माण व्यवसायी चिन्तित्

साझेदारी दैनिक
324 पाठक संख्या

निजगढ । उमेश घलान बाराको निजगढ नगरपालिकाको सिंगौलमा युवाहरुको एउटा समूहले जबरजस्ति रकम असुल्न थालेपछि यहाँ निर्माण व्यवसायीहरु चिन्तित बनेका छन ।

स्थानीय युवाहरुको समूहले संघीय,मधेस प्रदेश र नगरपालिकामार्फत संचालन गरिएका योजनाको ठेक्का सकार गरेका निर्माणको काम गर्दैआएका व्यवसायीहरुलाई विभिन्न बहानामा रकम असुल्ने गरेका कारण उनीहरु चिन्तित बनेका हुन ।

निर्माणका कामहरु शुरु नहुदै युवाहरुले योजनाको बजेटअनुसार उनीहरुले प्रतिव्यवसायी १० हजारदेखि ५० हजारसम्म असुल्ने गरेको एक व्यवसायीहरुले गुनासो गरेका छन ।

सिंगौलमा क्षेत्रमा काम गर्ने एकजना व्यवसायीका अनुसार ‘हुल बाँधेर आउछन,पैसा नदिएर जे पनि हुनसक्छ भन्दै धम्काउँछन उनले भने ।’ स्थानीय र प्रहरीले समेत आफूहरुको समस्यामा चासो नदिएको गुनासो गर्दै व्यक्तीगत र व्यवसायिक सुरक्षाको लागि पैसा दिन बाध्य भएको ती व्यावसायीको दुखेसो गरे ।

उनका अनुसार रकम लिएपछि घटना सार्वजनिक नगर्नभन्दै सो समूहले आफूहरुलाई धम्काउने गरेको र त्रासका कारण आफूहरुले पनि बोल्न नसकेको बताएका छन ।

सिंगौलमा हाल संघीय,मधेस प्रदेश र निजगढ नगरपालिकाको समेत गरेर ३ करोडभन्दा बढी लागतमा सडक,नाला,विद्यालय भवन निर्माणका योजनाहरु संचालनमा छन ।

Leave a review

This will close in 0 seconds