दोस्रो करैयामाई गोल्डकप २०८२ जेष्ठ २४ गते देखि हुने

साझेदारी दैनिक
365 पाठक संख्या

कोल्हबी :धिरेन्द्र पनुहर/ बाराको उमजनमा दोस्रो करैयामाई गोल्डकप २०८२ हुने भएको छ ।

आईतबार उमजन खेल मैदानमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा बिस्तृत जानकारी गराएको हो । श्री नव जन प्रगति युवा कल्ब उमजनको आयोजनामा हुने दोस्रो करैयामाई गोल्डकप २०८२ को मुख्य प्रायोजकको रुपमा करैयामाई गाउँपालिकाको कार्यालय रहेको छ ।

प्रतियोगिता यहि जेष्ठ २४ गते देखि शुरु हुने र फाइनल खेल जेष्ठ ३१ गते हुने भएको छ । प्रतियोगितामा साबिक बिजेता बिरगंज सिटि क्ल्ब,सन राइजिङ युवा क्लब उमजन,बारा ११ ,श्री नव जन जागृती युवा क्ल्ब सिमरा,ए पि एफ बर्दिबास,योङ स्टार युनाइटेड क्ल्ब निजगढ,रौतहट ११ र आयोजक गरि ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद रु ६० हजार शिल्ड मेडल र प्रमाणपत्र र उपबिजेता टिमले नगद रु ३० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।प्रतियोगिताको अनुमानित बजेट ८ लाख रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

बिधागत खेलाडी अन्तर्गत उत्कृष्ट गोल रक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिड फिल्डर,उत्कृष्ट स्ट्राइकर लगाएत उदयमान खेलाडीहरुलाइ समेत पुरस्कृत गरिने छ ।

क्लबका अध्यक्ष रुपनारायण यादवको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलन कार्यक्रमलाई क्लबका सचिव गोपाल प्रसाद चौधरीले संचालन गरेका थिए ।

Leave a review

This will close in 0 seconds