कलैया : बाराको देवताल गाउँपालिकाले आर्थिक बर्ष २०८२/२०८३ को लागि रु.३८ करोड ८५ लाख ९९ हजार आठ सय ५६ रुपैयाँ बराबरको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको सभाहलमा मंगलबार आयोजित १४ औ गाउँ सभामा उक्त रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो। उक्त सभामा देवताल गाउँपालिकाकी उपाध्यक्ष सितापती देवी यादवको तर्फ बाट गाउँपालिका अध्यक्ष उदयप्रसाद यादवले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्।
जसमा नेपाल सरकारको समानिकरण अनुदान रु ९ करोड १२ लाख,सशर्त अनुदान रु १४ करोड ३५ लाख,राजस्व बाँडफाँड रु ७ करोड ८५ लाख ७६ हजार ९३६ रुपैया रहेको छ।
प्रदेश सरकारको समानिकरण अनुदान रु ६२ लाख ७४ हजार,सम्पुरक अनुदान रु २० लाख,बिशेष अनुदान रु ३० लाख,सशर्त अनुदान रु ८० लाख,राजस्व बाँडफाँड रु ५० लाख ४८ हजार ९२० रुपैया,आन्तिरिक श्रोत रु ५ करोड दश लाख रहेको छ।
गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा भएको उक्त सभाको सञ्चालन मनिषसाह कलवार एवम् स्वागत प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको रहेको थियो। उक्त सभामा कार्यपालिका सदस्य,वडा अध्यक्ष,वडा सदस्य,गाउँपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।


