प्रतिबन्धित लागु औषधसहित एक जना पक्राउ

साझेदारी दैनिक
335 पाठक संख्या

कलैया : प्रतिबन्धित लागु औषध सहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतीहारी थाना ढाका ग्राम फुलवरिया बस्ने वर्ष ३० को महमद रियाज अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनको साथबाट ट्रमाडोल क्याप्सुल ५९९० बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थितमा यस कार्यालय मातहत प्रहरी चौकी गण्डक पर्साबाट खटिएको नियमित चेकिङ टोलीले सवारी साधन तथा यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणगढर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज ०४०७ नम्बरको सार्बजनिक इभि गाडी रोकी जाँच गर्ने क्रममा उक्त गाडीको छतमा चामलको बोरामा लुकाइ छिपाइ राखिएको लागु औषध बरामद भएको हो।

बरामद लागु औषध र निज महमद रियाज अन्सारीलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ निज विरुद्दलागु औषध सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

Leave a review

This will close in 0 seconds