एमालेद्वारा मधेस प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने गरियो घोषणा

साझेदारी दैनिक
431 पाठक संख्या

बर्दिवास : मधेश प्रदेशको आयोजना र केन्द्रिय पार्टी स्कुल बिभागको सहयोगमा बर्दिवासमा आयोजना गरिएको दुई दिने प्रदेश स्कुल सञ्चालन सम्बन्धी कार्यशाला शुक्रबार देखि शुरु भएको छ।

सो कार्यशालामा नेकपा एमालेले मधेस प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने घोषणा समेत गरेको छ। नेकपा एमालेका उपमहासचिव तथा केन्द्रिय स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यशालाको शुभारम्भ भएको हो। उच्च तह,माध्यमिक तह र आधारभुत तह गरी तीन खालका स्कुल सञ्चालनको अवधारणा ल्याएको छ।

सोही अनुसार आधारभूत तहको प्रशिक्षणका लागि कार्यशालाको आयोजना गरिएको एमाले मधेश प्रदेश कमिटिका सचिब मनोज पौडेलले जानकारी दिएका छन्।

माक्र्सबादी दर्शन,समाजबादी अर्थ ब्यवस्था,समाजबादको आधार,समाजबाद,राज्य र कम्युनिस्ट पार्टिका बारेमा मधेस प्रदेशमा रहेका ६० हजार पार्टी सदस्यलाइ प्रशिक्षण दिइने उनले बताए।

उपमहासचिव ज्ञवालीले सरकारले गरेका राम्रा कामको बारेमा जनतालाइ जानकारी गराउन न सकिएको बताए। लोकतन्त्र आएपछी मुलुक समृद्धिको दिशा तर्फ अघिबढेको जनाए।

राजा ल्याउछु भन्ने कुरा दिउसै देख्ने सपना भएको जनाए। लोकतन्त्रको विकल्प राजतन्त्र नहुने उनले स्पष्ट पारे।

त्यसैगरी कार्यक्रममा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ,केन्द्रिय स्कुल विभाग सचिब घनश्याम कोइराला,सदस्य रामशरण प्याकुरेल,शंकर महतो लगायतले बोलेका थिए।

मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा स्वागत उपाध्यक्ष बिचारी यादबको थियो। गोष्ठीमा प्रदेश इचार्ज,प्रदेश पदाधिकारी,प्रदेश स्कुल बिभागका सदस्य,जिल्ला इन्चार्ज अध्यक्ष स्कुल बिभाग प्रमुख,जनसंगठनका प्रदेश अध्यक्ष सहभागिता रहेको छ।

Leave a review

This will close in 0 seconds