Sajhedari Daily
Latest News from Nepal

शुभलक्ष्मी मेटल प्रालिका मजदुरहरु आन्दोलित

Top Aside Banner

रञ्जन यादब
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा ८ मा रहेको शुभलक्ष्मी मेटल प्रालिका मजदुरहरु आन्दोलित भएका छन् ।
उद्योगमा मजदुर कटौँती गर्न थालेपछि मजदुरहरु आन्दोलित भएका हुन् । ४० जना मजदुरहरु ७ दिनदेखि उद्योगको मुल गेट अगाडि आन्दोलित हुँदा पनि उद्योगले भारतीय मजदुरको भरमा उद्योग चलाईरहेको छ ।

उद्योगसँग बार्ताको प्रयास आफुहरु गरेपनि उद्योगद्वारा अहिलेसम्म कुनै किसिमको ठोस निकास दिन नसकेको मजदुर तरेश सहनीले बताएका छन ।

प्रहरी प्रशासनको बलमा उद्योगको ब्यवस्थापन पक्षले आफुहरुलाई पेलेर उद्योग चलाईरहेको मजदुर सहनीले आरोप लगाए । मजदुरहरुको आन्दोलनको बिषयमा उद्योगको आधिकारिक धारणा लिन खोज्दा उद्योगका ब्यवस्थापक एसान अलिको फोन सम्र्पक हुन सकेनन् ।