वीरगञ्जमा २२ महिलासहित ५२ जनाले गरे रक्तदान

साझेदारी दैनिक
326 पाठक संख्या

वीरगन्ज : “रक्तदान जीवनदान” भन्ने मूल नाराकासाथ वीरगंजस्थित एलएस न्युरो अस्पतालले शुक्रवार खुला रक्तदान गरेको छ।

सो कार्यक्रममा २२ महिला सहित ५२ जनाले रक्तदान गरेका छन्। रक्तदान कार्यक्रममा डा.ओम गुप्ता डा. अब्तुश कास,डा. अनुज पटेलले रक्तदान गरेका छन्।

सो कार्यक्रममा एशा सुनार,सुमित्रा कुमारी,गोविन्द साह,विक्रम चौधरी,सुनिल कुमार,दीपक साह,सगम साह,अनुषा,करुणा कार्की,सन्दीप कुमार लगायतकाले रक्तदान गरेकोे अस्पतालका संचालक रामप्रवेश प्रसाद कुर्मीले बताए ।

बिरामीहरूको जीवन रक्षा गर्नु र रक्त अभावको समस्यालाई समाधान गर्नको लागि सो रक्तदान गरेको अस्पतालका निर्देशक डा. अर्जुन पटेलले बताए।

कार्यक्रममा प्रमुख अतिथि परवानिपुर गा पा अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले रक्तदान जीवनदान रहेको जनाए। नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वृजकिशोर पटेलले बढदो गर्मीको कारणले बिरामिको चाप बढिरहेको जनाए।

रेडक्रस पर्साले अत्याधिक रुपमा सकृय भएर विभिन्न संघ सन्स्था एवं ब्यक्तिहरुलाइ रक्तदान गर्न प्रेरित गरिरहेको उनले बताए।

खुल्ला रक्तदान कार्यक्रम अस्पतालको प्राङ्गणमा गरिएको थियो। वीरगंज रक्तसंचार केन्द्रका मनिष गुप्ता सम्मिलित टोलिले सो कार्यक्रममा प्राविधिक सहयोग गरेको थियो ।

Leave a review

This will close in 0 seconds