विश्रामपुरको बारा डिस्टिलरीमा भीषण आगलागी

साझेदारी दैनिक
450 पाठक संख्या

कलैया : बाराको एक मदिरा उद्योगमा आगलागी भएको छ । जिल्लाको बिश्रामपुर गाउँपालिका–५,इटियाहीस्थित बारा डिस्टिलरी प्रालिमा आगलागी भएको हो ।

सोमबार दिउँसो एक्कासी आगलागी भएको छ। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१५ निवासी अजयकुमार प्रजापतिले सञ्चालन गर्दै आएको रक्सी उत्पादन गर्ने उक्त उद्योगमा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

आगलागीका कारण उद्योगभित्र रहेका कच्चा पदार्थ,तयारी उत्पादन र अन्य सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन । प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब २६ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय प्रसौनी र प्रहरी चौकी मुसहर्वाबाट प्रहरी टोलीहरू तुरुन्त घटनास्थल पुगेका थिए ।

स्थानीय बासिन्दा,प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिन करिब डेढ घण्टा लागेको थियो। प्रहरीका अनुसार हाल आगलागीको कारण र क्षतिको थप विवरण संकलन गर्न अनुसन्धानको काम भईरहेको छ ।

Leave a review