जीतपुर : बाराको सिमरामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले जीतपुरसिमरा उपमहानगरपालिकाका संस्थापक नगर प्रमुख तथा हातेमालो बचत तथा ऋण सहकारी संस्थाको समेत संस्थापक अध्यक्ष स्वर्गीय मेयर डा. कृष्ण पौडेलको स्मृतिमा बुहारी छात्रवृत्ति कार्यक्रम सुरु गरिएको छ ।
संस्थाले १८औं स्थापना दिवस विशेष समारोहमा बुहारी मेयर डा. पौडेलको स्मृतिमा बुहारी छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो । संस्थाले यस वर्षको बुहारी छात्रवृत्ति सम्मान डुमरवाना क्याम्पसमा अध्ययनरत स्वस्तिका कंडेललाई प्रदान गरेको छ ।डुमरवाना क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत कंडेलले अबको एक वर्ष निःशुल्क अध्ययन गर्न पाउनेछिन् । क्याम्पसमा तिनुपर्ने सम्पूर्ण शुल्क हातमालो सहकारीले क्याम्पसलाई तिर्नेछ ।
संस्थाले शिक्षा,सञ्चार,जेष्ठ नागरिक,शेयर सदस्य,कर्मचारीलगायतलाई वर्ष सम्मान तथा पुरस्कार प्रदान गरेको हो । यसैगरी वर्ष छात्राको रुपमा सिमरा कलेजकी सुनिता श्रेष्ठ,डुमरवाना क्याम्पसकी प्रतिमा ढकाल,बकुलिया क्याम्पसकी निलम साहलाई प्रदान गरिएको छ । यस्तै वर्ष छात्रकोरुपमा सुनिल श्रेष्ठ,सिद्धार्थ रानामगर र अरुणकुमार चौधरी सम्मानित भएका छन् ।
संस्थाले मुक्तिनाथ तिमिल्सिना,बद्रीनाथ चौधरी र गायत्री गौतमलाई वर्षको उत्कृष्ट किसान सम्मान प्रदान गरेको छ । यस्तै ८४ वर्षीय रणबहादुर खत्री र ८४ वर्षीय आशाकुमारी लामालाई जेष्ठ नागरिक सम्मानले सम्मानित गरिएको छ भने उत्कृष्ट कर्मचारीको रुपमा पर्शुराम चौधरीलाई पुरस्कृत गरिएको छ ।
यसैगरी संस्थाले चार जना उत्कृष्ट बचतकर्ता,चार जना कारोबारकर्ता र तीन जना उत्कृष्ट ब्यवसाय गर्नेलाई पनि सम्मान गरेको छ । उत्कृष्ट बचतकर्तामा सिमराका राजेश भक्त पौडेल , जोरलाईकी केशवमाया अर्याल,जीतपुरका राजकिशोर यादब र अमलेखगंजका पुन देव साहकानु रहेका छन् ।
त्यस्तै उत्कृष्ट ऋण कारोबारकर्तामा सिमराकी ईन्दिरा कुमारी ठाडा मगर,जोरलाईकी दया चौधरी थरुनी,जीतपुरकी अनिता देबी चौधरी र अमलेखगञ्जकी माया कुमारी मानन्धर रहनुभएको छ ।उत्कृष्ट ब्यवसायकर्तामा कृषि,दुग्ध उत्पादन,गाई पालन गर्ने मुक्तिनाथ तिमल्सेना,कृषि ब्यवसायिक बयर खेती गर्ने बद्रिनाथ चौधरी र खरबुजा खेती गर्ने गायत्री गौतमलाई सम्मान गरिएको थियो ।
वर्ष सम्मान पाउनेलाई मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले सम्मानित गरेका थिए । संस्थाका अध्यक्ष यज्ञ बहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका बरिष्ठ उपाध्यक्ष संजय कुमार साहले गरेका थिए । स्वागत मनत्ब्य क्षेमा देबी अधिकारीको रहेको थियो ।

