प्रसौनी गाउँपालिकाद्वारा चालिस करोड एक लाख रुपैयाँको बजेट प्रस्तुत

राजेश कुशवाहा
423 पाठक संख्या

कलैया : बाराको प्रसौनी गाउँपालिकाले आर्थिक बर्ष २०८२/२०८३ को लागि रु.४० करोड एक लाख रुपैयाँ बराबरको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ।

गाउँपालिकाको सभाहलमा सोमबार आयोजित १७ औ गाउँ सभामा उक्त रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो। गाउँ सभामा प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद प्रसाद जैसवालले उपाध्यक्ष किरण देवीको तर्फबाट उक्त नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन्।

जसमा नेपाल सरकारको समानिकरण अनुदान नौ करोड ८६ लाख, सर्शत अनुदान १५ करोड ६४ लाख, विशेष अनुदान ७९ लाख, राजस्व बाँडफाँड सात करोड ९१ लाख १५ हजार ७ सय २३ रुपैया रहेको छ। प्रदेश सरकारको समानिकरण अनुदान ५९ लाख ९३ हजार, सशर्त अनुदान ८० लाख, बिशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, राजस्व बाँडफाँड ५० लाख ३ हजार, अल्या मौज्दात २ करोड ८० लाख ८८ हजार २ सय ७७ , आन्तरिक राजस्व १ करोड ५१ लाख रहेको छ। उक्त गाउँ सभामा बोल्दै अध्यक्ष जैसवालले सात वटा वडा मै समावेशी र सन्तुलित विकासलाई प्राथमिकता दिइने बताए ।

उनलेृ “यसपटकको बजेटले समावेशी विकास, सामाजिक सेवा प्रवाह, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ र रोजगारी सिर्जनालाई प्राथमिकता दिएको समेत जानकारी गराए ।अगामी वर्षको अनुमानित आय–व्ययको आधारमा नीति कार्यक्रम तथा बजेट ल्याईएको उनले बताए।

बजेट कार्यान्वयनका लागि स्थानीय स्रोत परिचालन तथा संघीय र प्रदेश सरकारसँगको सहकार्यमा योजना अघि बढाइने अध्यक्ष जैसवालले बताए।नीति तथा कार्यक्रममा वडा नम्बर–३ को पोखरी सौन्दर्यकरण, आन्तरिक सडक स्तरोन्नति, कृषि यान्त्रीकरण, युवा उद्यमशीलता प्रवद्र्धन तथा सिप मुलक तालिम, गरिब विपन्न परिवारका एक जना डाक्टर र एक जना ईञ्जिनियर पढने छात्र/छात्रालाई छात्रवृति,सामुदायिक बिधालायबाट उच्च शिक्षा उत्तिर्ण गर्ने एक जना छात्र तथा एक जना छात्रालाई ल्यापटप वितरण गरिने ,अभिभावक शिक्षा लागु गर्ने,स्नातक अध्यापनका लागि पहल गरिने ,बालविकास केन्द्रमा एल.ए.डि .जडान गरि बाल मैत्री शिक्षामा जोड दिने,साक्षर पालिका घोषणा गर्ने, बेंगा साह माध्यमिक विद्यालयमा शिशु स्याहार केन्द्रको स्थापना तथा संचालन गर्ने, सामूहिक विवाह कार्यक्रमलाई अगाडी बढाउने,५०% अनुदानमा ३५१ घरपरिवारलाई खाद्यान्न प्रणाली लागु गर्ने,१० सैयाको अस्पतालको कार्य अगाडी बढाउने,१० हजार लिटर पानी खपत गर्ने उपभोक्तालाई निःशुल्क खानेपानी उपलब्ध गराउने ,बहुउद्देश्य भवनको यसै आ.व. मा निर्माण कार्यलाई सुसम्पन्न गराई संचालनमा ल्याउने, डिजिटल सेवा प्रवाह, महिला सशक्तिकरण, दिगो विकास र समावेशी योजनाहरू राखिएको छ।

गाउँसभामा उपाध्यक्ष किरण देवी, प्रमुख प्रशासकीय अधिकृत श्याम किसोर प्रसाद, लेखापाल प्रेम बाबु पटेल, कर्मचारी, कार्यपालिका सदस्य, कर्मचारी, स्थानीय बासिन्दा ,सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो। उक्त गाउँ सभामा सञ्चालन गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुरेश साहको रहेको थियो।

Leave a review

This will close in 0 seconds