कलैया : विजयादशमी सहितका चाडपर्वलाई लक्षित गरी बारामा विशेष सुरक्षा योजना बनाएर काम गर्ने बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरि उनले यस्तो बताएका हुन्। विजयादशमी सहितका नजिकिदै आईरहेको दशै,तिहार,तथा छठ पर्वलाई दृष्टिगत गरी कुनै पनि प्रकारको अपराधिक क्रियाकलाप हुन गर्न नदिई सुरक्षा कायम राखिने उनले जनाए।
चाडपर्व लक्षित गरी विशेष सुरक्षा योजना बनाई उनले सार्वजनिक गरेका हुन्।
जस्तै ड्युटी चेकिङ तथा अनुगमनमा द्ुई टोलि खटनेछन्। जसमा १४ जना प्रहरीलाई परिचालन गरिनेछ। ५३ पिकेटमा दुई सय ९० जना प्रहरीलाई सुरक्षाको लागि खटाइने छ। मोवाईल गस्ती (चार पाङग्रे) मा १० वटा टोलिमा ८२ जना प्रहरी खटनेछन्। राजमार्ग गस्तीमा तीन टोलीमा १० प्रहरी खटनेछन्।
रात्री बसमा दुई टोलिमा १४ जना प्रहरी खटनेछन्। मोटरसाइकल गस्तीमा ५० टोलिमा दुई सय आठ जना प्रहरी खटनेछन्। पैदल गस्तीमा नौ टोलिमा ३३ जना प्रहरी खटनेछन्। क्यूआरटी÷ रिजर्भ टोलीमा दुई टोलि रहने र यसमा ३० जना प्रहरी खटनेछन्।सूचना संकलनमा सात टोलिमा १६ प्रहरी खटनेछन् ।
नौ वटा यात्रु सहायता कक्षमा २२ जना प्रहरी खटनेछन्। भिग्रेस चेकिङ्गमा ३० टोलिमा ९१ प्रहरी खटने प्रहरी उपरीक्षक खडकाले बताए। घटना अनुसन्धानमा पाँच टोलिमा १७ प्रहरी खटनेछन्। कार्यालय डियुटीमा १ सय २० जना खटने छन्। अन्य डियुटीमा ५८ जना गरि कुल एक हजार १५ प्रहरीलाई परिचालन गरिने उनले जनाए।
चाडपर्वमा चोरी र दुर्घटना लगायतका घटना अत्याधिक हुने गर्छ । यसैले विशेष सुरक्षा योजना तयार पारिएको बारा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय,सशस्त्र प्रहरी बल नेपाल,राष्ट्रिय अनुसान्धान कार्यालय संग समन्वय गरी थप जनशक्ति परिचालन गरिने उनले बताए ।
उनका अनुसार थप जनशक्ति तालुक कार्यालयबाट माग गरिएको जनाए। यस्तै ब्रेथलाइजरको प्रयोग गरिने उनको भनाई रहेको हो। सि.सि टिभी क्यामराको प्रयोग,मनिटरीङ्ग गरिनेछ ।
सवारी साधनको स्पिड कन्ट्रोलको लागि रडार गनको प्रयोग गरिने उनले जनाए। विष्फोटक पदार्थ/लागू औषध चेकजाँचको लागि डग स्निफ्फिङको व्यवस्था गर्ने योजना रहेको उनले जानकारी दिए। सवारी साधनको मेकानिकल चेकजाँच समेत गरिने बताएका छन् ।
उनका अनुसार जिल्लाभर सुरक्षालाई चुस्त बनाउन १ हजार १५ प्रहरी खटाइने छ ।
पत्रकार सम्मेलनमा नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्य प्रकाश श्रेष्ठ,पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी लगायत सञ्चारकर्मीहरुको उपस्थिति थियो ।
सो कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा,प्रहरी निरीक्षक रादेश खत्रीको उपस्थिति रहेको थियोे। वडा दशैं देखि गढीमाईको मेला नसकिन्जेलसम्म विशेष सुरक्षा योजना लागु रहने उनले जनाए।

