पिपरपाती छोटी भन्सार खुलाउन पचरौता नगर प्रमुख जलन्धर सिंह बिहारमा

साझेदारी दैनिक
502 पाठक संख्या

कलैया : बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह शनिबार भारतको राज्य बिहारमा छन्।

भारत बिहार सरकारका मन्त्रीहरुसंग उनी छलफल गरिरहेका हुन्। बन्द रहेको पिपरपाती छोटी भन्सार खुलाउन नगर प्रमुख बिहारको राजधानी पटनामा पुगेका हुन्।

बिहार राज्यका ग्रामीण विकास मन्त्रालयका बरिष्ट मन्त्री श्रवण कुमार,सूचना एवम प्रौधोगिक मन्त्री कृष्णा कुमार मन्टु तथा नेता मनीषकुमार बर्मासँग उनले भेटघाट तथा छलफल गरेका हुन्।

उक्त भेटघाट तथा छलफलमा पिपरपाती छोटी भन्सार खुलाउने बारे गहन छलफल भएको हो। दुई देशबीचको धार्मिक,सांस्कृतिक,ब्यापारिक तथा बेटीरोटीको सम्बन्ध बारे पनि उनले कुराकानी गरेका हुन्।

सीमावर्ति क्षेत्रका पिपरपाती छोटी भन्सार हालसम्म पनि पुनःस्थापना भएको छैन। पचरौताका विभिन्न नाकाबाट अवैधरुपमा आयात निर्यात बढेको छ। यसले दैनिक ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको छ।

स्थानीय व्यवसायीको व्यापार चौपट हुँदै गएका कारण सिंहले तत्काल छोटी भन्सार पुनःस्थापनाका लागि भारतीय नेतासँग आग्रह गरेका हुन्। छोटी भन्सार पुनः सञ्चालनका लागि छिटै पहल शुरु हुने बिहारका नेताहरुले बताएका छन्।

Leave a review

This will close in 0 seconds