झाडी,मठ मन्दिर,जिर्ण रहेको भवन,प्रयोगबिहीन शौचालयहरुमा निगरानी बढाउनुपर्छ – प्रजिअ अधिकारी

साझेदारी दैनिक
470 पाठक संख्या

कलैया । बारामा रहेको झाडी,मठ मन्दिर,जिर्ण रहेको भवन,प्रयोगबिहीन शौचालयहरुमा निगरानी बढाउनुपर्ने बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताएका छन्।

जिल्ला प्रशासन कार्यालय,बाराको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय र बारा उद्योग वाणिज्य संघको सहयोग एवं समन्वयमा बिहीबार श्री ३ चन्द्र माध्यमिक विद्यालयमा आयोजित
लागु औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन्।

लागू औषध सेवन गर्ने दुव्र्यवसनीहरु झाडी,मठ मन्दिर,जीर्ण रहेको भवन तथा एकान्तस्थलमा वस्ने हुनाले निगरानी बढाउनुपर्ने उनले बताएका हुन्।

ड्रग्स इण्ड अल ड्रिम्स अभियान अन्तर्गत विभिन्न जिल्लाका सहभागीहरुलाई बुधबार जिल्ला प्रशासन कार्यालयमा स्वागत गरेको उनले जानकारी दिएका छन्। सूर्तिबाट सुरु भएको लत अन्त्यमा भयावह अवस्थामा पुर्‍याउने उनले बताए ।

रक्सी खाने मान्छे र बेच्ने ब्यक्तिहरु खुल्लेयाम छन् उनले भने। रक्सी सेवन गरी बाटोमा हल्लिदै र नालामा खस्दै भेट्छन्। लागु औषध दुव्र्यवसनी सेवन गर्ने मान्छे वा बेच्ने ब्याक्ती खुलेयाम हुदैनन्,उनले भने। लागू औषध,गुट्खा,सूर्ति,मदिरा लगायतका सेवनहरु आजैबाट छोडन उनले आग्रह गरे।

“स्वास्थ्य, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता : लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता“ भन्ने नाराका साथ बारा जिल्लामा लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा सो कार्यक्रम गरिएको हो।

सहभागीहरूले लागू औषधको दुरुपयोगबाट उत्पन्न हुने सामाजिक, मानसिक, शारीरिक र आर्थिक क्षतिको विषयमा धारणा व्यक्त गर्दै यस विरुद्ध सामूहिक अभियान चलाउनु पर्नेमा उनले जोड दिएका हुन्।

सो कार्यक्रममा सूर्ति,तम्बाकु सम्बन्धी रबि कुमार भाष्कर र लागु औषध सम्बन्धी जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत रहेका समुदाय प्रहरी साझेदारीका जिल्ला इन्चार्ज प्रहरी सहायक निरीक्षक राजकिशोर पटेलले प्रशिक्षण दिएका हुन्।

नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाराले सञ्चालन गरेको सो कार्यक्रममा “स्वास्थ्य, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता : लागू औषध दुरुपयोगविरुद्ध ऐक्यवद्धता“ भन्ने नारालाई आत्मसात गर्दै सहभागिहरूले प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरेका छन्।

सो कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोदप्रसाद साह, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह,बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ,सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुम बहादुर के.सी,श्री रिपुमर्दन गण ब्रहमपुरी ब्यारेक बाराका प्रमुख सेनानी अशोककुमार क्षेत्री,सरकारी कार्यालयहरुका प्रमुख,जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डित,जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतान, बारा क्षेत्र . ४ ख का क्षेत्रीय सभापती एवं पूर्व तरुण दल जिल्ला अध्यक्ष लोकेश सिंह,विद्यालयका शिक्षक–शिक्षिकाहरू,विद्यार्थीहरू, उद्योगी व्यवसायी,सुधार केन्द्रका संचालक,सञ्चारकर्मी र विभिन्न सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।

सो कार्यक्रमको संचालन सञ्चारकर्मी लक्ष्मी खरेलले गरेकी थिइन्।

Leave a review

This will close in 0 seconds