बारासहित मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा,आज आपतकालीन बैठक बस्दै

साझेदारी दैनिक
643 पाठक संख्या

कलैया । लामो समयदेखि वर्षा नहुनुका कारण उत्पन्न पानीको संकटलाई मध्यनजर गर्दै नेपाल सरकारले मधेश प्रदेशका सबै जिल्लालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

संकट व्यवस्थापनका लागि आवश्यक नीति, योजना तथा राहत कार्यक्रम तय गर्न जिल्ला प्रशासन कार्यालय बारामा आज दिउँसो ४ बजे विशेष बैठक बस्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सबै सम्बन्धित कार्यालय प्रमुखहरूलाई कार्ययोजनासहित अनिवार्य उपस्थिति जनाउन आग्रह गरेका छन्।

Leave a review

This will close in 0 seconds