जीतपुर : लायन्स क्लब अफ सिमरा जागरणले आफ्नो वार्षिक कार्ययोजनाअन्तर्गत बुधवार वृक्षरोपण कार्यक्रम गरेको छ।
लायन्स क्लबले बाराको दुधौरा खोलको डिलस्थित संरक्षित पितृ स्मारक पार्कमा आयोजना गरिएको कार्यक्रममा आँप, लिची, कहटर र अमला जातका फलफूलका विरुवा रोपिएको क्लबका अध्यक्ष विनोद सापकोटाले जानकारी दिनुभयो।
पितृ स्मारक पार्क स्थानिय समाजसेवी सापकोटाको नेतृत्वमा संरक्षण गरिँदै आएको स्थल हो। मलामीहरूलाई चिसो र शान्त वातावरणमा विश्राम गर्न सकियोस् भन्ने सोचका साथ विगत चार वर्षदेखि वरपिपल, स्वामी, निम, बेल, पारिजात, कपुर र गोलमोल लगायतका बोटबिरुवा रोपिएको जनाइएको छ ।
उक्त वृक्षरोपण कार्यक्रमले वातावरणीय संरक्षणका साथै सामुदायिक सहभागिता र चेतनामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।


